पुर्व अध्यक्षले खेल्दा टंकीसिनवारी जेसिस विवादको भुङ्ग्रोमा, पुर्ब अध्यक्ष सहित १७ जना बिरुद्ध मुद्दा

पुर्व अध्यक्षले खेल्दा टंकीसिनवारी जेसिस विवादको भुङ्ग्रोमा, पुर्ब अध्यक्ष सहित १७ जना बिरुद्ध मुद्दा

 

विराटनगर, २८ कात्तिक ।
मोरङको बुढीगंगा गाउँपालिकाको टंकीसिनवारी जेसिसमा चुलिएको विवाद अदालतसम्म पुगेको छ । २०७४ साल मंसिर २९ गते टंकीसिनवारी जेसिसको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी सुप्रभा निरासी न्यौपाने नीजि कामको सिलसिलामा बाहिर जाने भएपछि चुलिएको विवाद कार्यवाहक अध्यक्ष र त्यसपछिको साधारण सभा हुँदै अदालत सम्म पुगेको हो । गत माघ ८ गते भएको सुप्रभा निरासीलाई जेसिस अध्यक्षको रुपमा पदस्थापन गरिँदा नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष सहित ८ जना पदाधिकारीहरु आएका थिए । लालबाबु पण्डितलाई प्रमुख अतिथी बनाईएका थिए ।र्विरोध निर्वाचित भएकी प्रभा कामको सिलसिलामा गत असार २२ गते जापान गएपछि पुर्ब अध्यक्ष, महासचिवको उपस्थितीमा पुर्ब कार्यकारीणी उपाध्यक्ष, महासचिव वर्तमान शाखा सम्पादक ईश्वर भण्डारीलाई कार्वावाहक दिएकी थिईन् । त्यस लगतै टंकी सिनवारी जेसिस भित्रको असन्तुष्टी जनाउने केही पक्ष सल्वलाए पछि उनलाई नै हटाउने चलखेल शुरु भएको थियो ।
त्यस अघि असार १४ गते निवर्तमान अध्यक्षले आफै अध्यक्ष हो भनी साधारणरण सभाको माईन्युट बनाएर चलखेल शुरु गरेका थिए । त्यस माईन्युटमा फरक फरक लेखाई तथा फरक पेपर भएको पाईएपछि त्यहीँबाट किर्ते शुरु भएको सदस्यहरु आरोप लगाउँछन् । पहिलो उपस्थितीमा प्रिन्ट पेपरमा भएको र दोश्रो पेपरमा डिक पेपरमा भएको माईन्युटको फोटोकपीबाट स्पष्ट हुन्छ ।
प्रस्तावमा सादा पेपर छ भने निर्णयमा लाईन भएको पेपरमा देखिन्छ । कार्यवाकहक अध्यक्ष ईश्वर भण्डारीले २०१८को अध्यक्ष सुप्रभालाई नै पत्र लेखेर आफ्नो राजीनामा दिएका हुन । महासचिवको उपस्थितीमा दिईएको जिम्मेवारी आफ्नो ब्यक्तिगत कार्य ब्यस्तताको कारण देखाउँदै उनले आफ्नो कार्यवाहक अध्यक्षबाट राजीनामा दिएर सुप्रभालाई पठाएको निवेदनमा उल्लेख भएको छ ।
असार २२ गते लिएको जिम्मेवारीका बिचमा भण्डारीले २५ गते बैठक नै बोलाएर उपस्थिती गराएका थिए । तर त्यसको ५ दिन नबित्दै उनले राजीनामा दिनुको पछाडीको कारणको बारेमा पुर्ब अध्यक्षहरुको दवाव रहेको जेसीस सदस्यहरुको आरोप छ ।
उनले ३० गते दिएको राजीनामा लगतै ३० गते नै अर्को पक्ष पुर्ब अध्यक्षहरुले प्रदिप बराललाई अध्यक्ष बनाउन १४ गतेको मितिमा निर्णय गर्न लगाएको टंकी सिनवारी जेसिसकी कार्यकारीणी उपाध्यक्ष पबित्रा खड्काले बताईन् । साधारण सभा ३० गते बोलाईएको थियो तर मिति १४ गते बनाईएको पछि मात्र थाहा भएको उनको आरोप छ ।
यसरी माईन्युट बनाउनकोलागि पनि दवाव दिईएको स्वयम माईन्युट बनाउनेहरु नै बताउँछन् । माईन्युट बनाएका जेसिसका महासचिव चिरन्जीबी न्यौपानेलाई पुर्ब अध्यक्षहरु नौमीराज न्यौपाने, सुबोध कोईराला, शिव कोईराला र सोेमराज काफ्ले दवाव दिएर माईन्युट बनाउन लगाईएको उनले बताएकाछन् ।
यसरी बनाईएको माईन्युटमा निवर्तमान अध्यक्ष निर्वाचन आयुक्त हुनु पर्ने ब्यवस्था बिपरित जेसीस २०१५ का अध्यक्ष सोमराज काफ्लेलाई निर्वाचन आयुक्त बनाउने निर्णय माईन्युटमा उल्लेख छ । निरुपित उपाध्यक्ष अमिश ढकाल र कार्यकारीणी उपाध्यक्ष विकास मानन्धरले गलत रिपोर्टिङ नेपाल जेसिसलाई गराएको समेत आरोप सदस्यले लगाएका छन् । जेसिसमा एक ब्यक्ति , एक पद र एक बर्ष कार्यकालको ब्यवस्था गरिएको छ । तर त्यसको बिपरितका गतिबिधिहरु पछिल्लो घटनाक्रमले उल्टो देखिँदै जान थालेको सदस्यहरुको भनाई छ ।
टंकी सिनवारी जेसिसका संस्थापक भिम घिमिरेले अहिलेको अध्यक्षको बिषयमा भएको साधारण सभाको माईन्युट अबैधानिक रहेको बताएका छन् । भ्mगडा नगर भन्ने पक्षमा आफु रहेको भएपनि त्यो मान्ने पक्षमा दुबै समुह नदेखिँदा अहिले बैधानिकताको बिषयलाई लिएर अदालतसम्म केश पुगेको उनले स्वीकार गरे ।
उनका अनुसार, एउटा समुहले पदच्युत गरेर अर्को अध्यक्ष बनाएको भन्ने कुरा हो, दुबै पक्षलाई राखेर छलफल पनि भएको हो तर दुबै नमान्दाको परिणाम अहिलेको जेसिस भित्रको विवाद सतहमा आएको छ । ‘एक बर्षको कार्यकाल हुने जेसिस अध्यक्षको निर्वाचित अध्यक्षको कार्यकाल ७ महिना भईसकेकोमा पछिल्लो ३ महिना कामै नहुने र २–४ महिना चेन्ज गर्ने काम नै नगर भनेको हो, उनले भने, ५१ प्रतिशतले राजिनामा दिएपछि स्वतः खारेज हुने ब्यवस्था रहेको छ तरअहिलेको साधारण सभा बिधि नपुर्याई गरेको हो ।’ उनले पछिल्लो टंकी सिनवारी जेसिसबाट भएको कार्य गलत भएको बताएका छन् । यो बिषयमा आफु दुखित भएका सुनाए । एउटा ब्यक्तिले गर्दा भविश्यमा राष्ट्रिय अध्यक्ष हुने योग्यता बोकेका भाईबहिनीको भविश्य नै अहिलेको विवादले अन्यौलमा पारेको उनको तर्क छ ।
यस बारेमा अभिवक्ता सिता पौडेलले मिलाउने प्रयास भएपनि त्यो सफल नभएको बताईन् । एक महिना जती मिलाउने प्रयास भएको पनि थियो । भिम घिमिरे टंकीसिनवारी जेसिसको संस्थापक अध्यक्ष भएकोले उनलाई नै भनिएको थियो । उनलाई नेतृत्व गर्नको लागि आग्रह गर्दा पनि घिमिरेले वास्तै नगरेको अधिवक्ता पौडेलले बताईन् । यसरी अदालतमा आएको बिषयलाई दुई पक्ष मिल्दाको अबस्थामा संस्थाको बेईजती हुनबाट जोगिने बारेमा पनि जानकारी गराएको उनले सुुनाईन् ।
सुप्रभाको ७ महिनाको कार्यकाललाई सिध्याउनको लागि एकै दिन बसेर कागज पत्र बनाईएको पाईएको छ । एकै दिन बनाएका डकुमेन्ट कुनै मिल्दाजुल्दा नभएको अधिवक्ता सिता पौडेलको भनाई छ । ‘एउटै ब्यक्तिको सही एक ठाउँमा एउटा अर्को ठाउँमा अर्कै भएको पाईएको छ । जेसिस जसरी बाहिरबाट देखेका थियौ, भित्र हेर्दा त भद्रगोल रहेको पाईयो, उनले भनिन् ।
यसरी टंकीसिनवारी जेसिसको विवाद भनेको महिला नेतृत्वलाई स्वीकार गर्न नसकेको जस्तो त्यहाँको घटनाक्रमले देखिएको उनले बताईन् । कसरी फालौ भन्ने अबस्थामा रहेका पुर्ब अध्यक्षहरु सुप्रभा आफ्नो निजी काममा बाहिर गएको अबस्थामा पुरुषवादी हैकम चलाउनेहरुले खेलेको खेल नै अहिलेको अदालतसम्म जेसिस विवाद पुग्नुको कारण रहेको अधिवक्ता पौडेलको बुझाई छ । यो बिषयमा उच्च अदालतमा दर्ता भएको उत्प्रेषण रिट हो उनले भनिन्, अन्याय भएको हो हैन भन्ने बारेमा अदालतले कारण देखाउन आदेश समेत दिई सकेको छ।
गत असोज १४ गते नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष र कार्यकारीणी उपाध्यक्ष सहित १७ जना बिरुद्ध, उच्च अदालत बिराटनगरमा रिट दायर भएको हो । नयाँ कार्य समिती निर्वाचन आयुक्त, पुर्ब अध्यक्ष सुबोध कोईराला र सोमराज काफ्लेका बिरुद्धमा पुर्ब अध्यक्ष रिता न्यौपाने सहितका ३ जनले मुद्दा दायर गरेका हुन् ।
टंकीसिनवारी जेसिसलाई विवादमा ल्याउने भुमिका खेलेको भनेर आरोप लागेका सुबोध कोईरालाले संस्थालाई गतिदिन नयाँ अध्यक्ष ल्याईएको प्रतिक्रिया दिएका छन् । बिधान बिपरित गतिबिधि केही गरेको भए तनाव हुने थियो तर त्यसोे नगरी संस्थालाई निकाश दिलाउने काम अहिलेका पुर्ब अध्यक्षहरुबाट भएको उनको भनाई छ ।
अध्यक्ष सुप्रभा कामको सिलसिलामा बाहिर जाँदा प्रक्रिया पुर्याएर जानु पर्नेमा त्यसो नगरेको, कार्यवाहक दिँदा बिधि नपुर्याए पछि त्यही मध्यको एकजनालाई साधारणसभाले नयाँ अध्यक्ष चयन भएको उनले बताए । उनका अनुसार जती सदस्य छन् त्यसको दुई तिहाई सदस्यले त्यो निर्णयलाई साथ दिएको र १३ जना पुर्ब अध्यक्ष मध्य ११ जनाले पछिल्लो निर्णयलाई साथ दिएको उनको तर्क छ ।
यतिका विवादको मुख्य कारण भनेको ३० गतेको बैठकमा १४ गतेको मितिमा माईन्युट गरेको भन्ने नै अहिलेको विवादको रुपमा देखिएको हो । सबैले आफ्ना निकटलाई च्याप्ने प्रबृती टंकीसिनवारी जेसिसमा शुरु भएको छ । यो सिको अन्यत्र जाँदा अब जेसिस भित्र राजनीति हुन थालेको कतिपयको बुझाई छ ।
जेसिस जोगाउनको लागि लागेको बताउँदै आएकी रिता न्यौपानेले माईन्युटमा किर्ते गरिएको तथा ३० गतेको बैठकमा १४ गतेको साधारण सभाको माईन्युट बनाएपछि त्यो बिषय चित नबुझेर अदालत गएको उनले बताईन् । हालका अध्यक्ष प्रदिप बराललाई अहिलेको विवादको बारेमा जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
विवादको निरुपण गर्ने जिम्मेवारी नेपाल जेसिसले लिनु पर्नेमा खासै चासो देखाएको छैन । तर अहिलेका अध्यक्ष बराललाई नै नेपाल जेसिसले आधिकारिकता दिएको छ । नेपाल जेसिसका अध्यक्ष श्रीधर बस्यालले प्रतिक्रिया दिँदै भने ‘सुप्रभा जीले कार्यसमिति भन्दा बाहिरको ब्यक्तिलाई कार्यवाहक बनाएपछि टंकीसिनवारी जेसिस बोर्डले स्वीकार नगरेको हो ।’ सुप्रभा निरासीले बोर्ड भन्दा बाहिरको ब्यक्तिलाई कार्यवाहक बनाएपछि विधान अनुसार १५–२० दिनको समय राखेर साधारण सभा बोलाईएको र त्यही साधारण सभाले अहिलेको अध्यक्ष बनाएको भन्ने जानकारी आएको तर अदालतसम्म केश पुगेको भन्ने बारेमा जानकारी नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्