छठ पुजा हेर्न गएका ८ बर्षिय बालक आज विराटनगरको नहरबाट अचानक हराएपछि

<span class='c1'>छठ पुजा हेर्न गएका ८ बर्षिय</span> <span class='c2'>बालक आज विराटनगरको नहरबाट अचानक हराएपछि</span>

प्रेम देवान

विराटनगर २८ कातिक । छठ पर्व हेर्न गएका एक बालक विराटनगरबाट हराएका छन् । विराटनगर ६ शान्तिचोक सोमबारे हाटका आशाराम र भर्तारामका ८ बर्षिय छोरा अभिनास राम आज विहानदेखी वेपत्ता भएका छन् ।
विए एफएम पछाडीको नहरमा भएको छठ पर्व हेर्न गएका बालक अचानक हराएको उनका परीजनले बताएकाछन् ।
हिड्न सक्ने तर बोल्न नसक्ने अभिनासले रातो र कालो धर्के स्वीटर र रातो कलरको सुरवाल लगाएका छन् । आज विहान भएको छठको पुजा हेर्न गएका अभिनास छिमेकी काकामामाका छोराहरुसँग घुम्न गएका थिए ।
तर विहानैदेखि खोजी कार्य गरेपनि अहिले सम्म घर नआएको उनका मामा अनिल रामले आवर विराटनगरलाई जानकारी दिए । ‘सुरुमा आफ्नै आमासँग गएर घर फर्केका थिए, ‘पुन काकामामाका छोराहरुसँग छठ पुजा हेर्न गएपछि अन्य साथीभाई आए, तर ‘भान्जाबाबु अहिले सम्म फर्केका छैनन् ।’ अहिले उनका आमाबुबा पुरै चिन्तित छन्–हामीले तत्काल जिल्ला प्रहरी कार्यलय मोरङमा जानकारी गएका छौ अनिलरामले भने । हराएका बालकका आमा आशारामले भनिन् मेरो छोरो बोल्न सक्दैन उसले लगाएको लुगाको आधारमा कसैले देखे परिवारकहाँ जिम्मा लगाईदिन आग्रह गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्