भरतमोहन अधिकारीलाई विराटनगरमा मंसिर १ गते नागिरक अभिनन्दन गरिने

भरतमोहन अधिकारीलाई विराटनगरमा  मंसिर १ गते नागिरक अभिनन्दन गरिने

विराटनगर, २८ कात्तिक । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागिरक अभिनन्दन गरिने भएकाे छ ।  विराटनगरको विरेन्द्र सभागृहमा भब्य समारोह आयोजना गरेर अधिकारीकाे नागरिक अभिनन्दन गर्न लागिएको हो । कम्युनिष्ट आन्दोलनमा अनवरत संलग्न रहदै आएका अधिकारी आफ्नो जीवनकालमा आवद्ध रहेकोे र सहयोग पु¥याएका विभिन्न २ सय ५० बढी संघसंस्थाको तर्फबाट मंसिर १ गते उनलाई अभिनन्दन गर्न लागिएको हो । भरतमोहन अधिकारी नागरिक अभिनन्दन समारोह समितिले अभिनन्दनको सम्पुर्ण तयारी पुरा गरेको जनाएको छ । अाज विराटनगरमा  प्रदेश सरकारले प्रत्येक वर्ष समाजमा महत्वपूर्ण योगदान पुर्याएका मध्येबाट एक जनालाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत विभिन्न संघसंस्थाहरुको संलग्नतामा उनको अभिनन्दनलाई थप भव्यता प्रदान गर्न लागिएको हो । मंसिर १ गते शनिवार प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले अधिकारीलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।  प्रदेश सरकारको तर्फबाट उनकोे सम्मानमा ताम्रपत्र प्रदान गर्ने कार्यक्रम रहेको नेकपाका नेता सत्यनारायण चौधरीले जानकारी दिए । निरन्तर राजनीतिमा क्रियाशिल रहेका ८३ वर्षिय नेता अधिकारी अहिले पनि राजनीतिक गतिविधिमा उतिकै सक्रिय छन् । उनले उपप्रधानमन्त्री, अर्थमन्त्री र भौतिक निर्माण तथा यातायात मन्त्रीको रुपमा विगतमा मुलुकको नेतृत्व गरिसकेका छन् ।  कानुन व्यवसायिको भूमिकाबाट राजनीतिमा सक्रिय उनलार्ई नेपाल वार एशोसिएसन, एलिट क्लव लगायतका संस्थाहरुको पहलमा नागरिक अभिनन्दन गर्न लागिएको हो । उनकाे अभिनन्दनकाे लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयकाे केही अार्थिक सहयाेग हुने तथा मनमाेहन स्मृती प्रतिष्ठान तथा विराटनगरकाे माेरङ ब्यापार सङ्घ र उद्याेग सङ्गठन माेरङले सहयाेग गर्ने अभिन्दन समाराेह समितिका अध्यक्ष भेषप्रसाद धमलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्