खोटाङको हलेसी तुवाचुङमा आगलागीबाट ५ लाखको क्षति

खोटाङको हलेसी तुवाचुङमा आगलागीबाट ५ लाखको क्षति

खोटाङ, २८ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ स्थित चुमाखु भन्ज्याङमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट सोही स्थान बस्ने राजेन्द्र राईको घरमा विद्युत सर्ट भई आगलागी हुँदा ढुंगा माटोले बनेको फुसको छानो भएको ३ तले घर, अन्नपात, लत्ताकपडा र भाँडावर्तन जलेर नष्ट भएको हाे। राईको घरमा आगलागी भएको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्