म्याजिक भेनको ठक्करबाट सुनसरीको हरिनगर गाउँपालिकामा एकजना घाइते

म्याजिक भेनको ठक्करबाट  सुनसरीको हरिनगर गाउँपालिकामा एकजना घाइते

सुनसरी, २८ कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका-१  मुस्लिमटोलमा बुधबार म्याजिक भेनको ठक्करबाट मोटरसाईकलमा सवार १ जना घाइते भएका छन् ।  दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १८ प ५६३९ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को १ ज २५७७ नम्बरको म्याजिक भेनले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलको पछाडि सवार सोही स्थानका बर्ष ७ को अबुसाद अन्सारी गम्भीर घाईते भई  उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्