विराटनगरका जुवाडे ब्यापारी धराैटीमा रिहा, प्रहरीले पैसा लुकाएको आरोप

<span class='c1'>विराटनगरका जुवाडे ब्यापारी धराैटीमा रिहा,</span> <span class='c2'>प्रहरीले पैसा लुकाएको आरोप</span>

विराटनगर, २८ कात्तिक। तास खेल्दै गरेको अवस्थामा विराटनगरबाट पक्राउ परेका पाँच उद्योगी व्यवसायीसँग जिल्ला प्रशासन कार्यालय मोरङले जनही १२÷१२ हजार रुपैयाँ धरौटी माग गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश केसीको इजलासले बुधबार उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । प्रहरीले उनीहरु विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को जुवा ऐन अन्तर्गत मुद्दा चलाएको थियो । प्रहरीले तास खेल्दै गरेको अवस्थामा गत आइतबार बिहान उद्योगी व्यवसायी ६९ वर्षीय चम्पालाल राठी, ५० वर्षीय जीवन रिजाल, ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विमल अग्रवाल र ३८ वर्षीय हंशराज जैनलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये राठीको स्वस्तिक जुट मिल संचालनमा छ । जीवन रिजाल र मुकेश अग्रवालको साझेदारीमा चिउरा मिल र तोरी तेलको मिल संचालनमा छ । विमल अग्रवाल धान चामलको कारोवार गर्छन् । जैन व्यवसायी हुन् । प्रहरीले तास जुवा खेल्दै गरेको अवस्थामा यति धेरै उद्योगी व्यवसायीलाई विराटनगरबाट एकै पटकमा पक्राउ गरेको यो नै पहिलो हो । यसअघि उद्योगी व्यवासायीका घरमा बाह्रै महिना तास जुवा चल्ने गरेको सूचना पाए पनि प्रहरीले त्यसलाई वास्ता गरेन ।

मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित उद्योगी चम्पालाल राठीको गोदाममा तास खेल्दै गर्दा सबै जना पक्राउ परेका थिए । प्रहरी आएको थाहा पाउनासाथ केही उद्योगी व्यवसायी भने फरार बनेका थिए । प्रहरीले घटनास्थलबाट १७ बुक तास र एक लाख ९० हजार एक सय ४० रुपैयाँ रकम समेत बरामद गरिएको सार्वजनिक गरेको छ ।

प्रहरीले पैसा लुकाएको जुवाडे व्यवसायीको आरोप
जुवाडे उद्योगी व्यवसायीले भने प्रहरीले आफूसँग भएको रकमभन्दा थोरै मात्र सार्वजनिक गरेर अन्य रकम लुकाएको आरोप लगाएका छन् । व्यवसायीहरुले कम्तिमा पनि १० लाख रुपैयाँ आफूहरुसँग भएको बताउँदै आएका छन् । उनीहरुका अनुसार तासको खालबाटै पक्राउ गर्ने क्रममा प्रहरीले धमाधम आफ्नो खल्तीमा रकम राखेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठ नेतृत्वको टोली छापा मार्न पुगेको थियो । डीएसपी श्रेष्ठले भने प्रहरीले खालबाट बरामद गरे जति नै पैसा देखाएको बताएका छन् । (साभार : किशाेर बुढाथाेकी/अन्नपुर्ण पाेष्ट डटकम )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्