विराटनगरमा लियोको निःशुल्क चिनीरोग परिक्षण, ७५ जनाले सेवा लिए

विराटनगरमा लियोको निःशुल्क चिनीरोग परिक्षण, ७५ जनाले सेवा लिए

विराटनगर, २९ कात्तिक । लियोे क्लब अफ बिराटनगर युनिक र लाईन्स क्लब अफ बिराटनगर युनिकले विराटनगरको अशोक चोकमा मधुमेह रोगको निशुल्क परिक्षण गरेको छ । मधुमेह दिवसको अवसर पारेर परिक्षण गरेको हो । निशुल्क मधुमेह(चिनी रोग) परिक्षणमा स्थानीय ७५ जनाले सेवा लिएको आयोजकले जनाएको छ । लाईन्स, लियो इनोभेटिभ र लाईन्स लियो युनिकद्वारा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा जोन चेअरपर्सन बिनोद कुमार राउत, सुजन थापा,आएसा रैन, पुजा पन्त र अन्य क्लब मेम्बरहरुको उपस्थिती रहेको थियो । विराटनगरको नोबेल मेडिकल कलेजको सहकार्यमा आम नागरिकको चिन्ताको बिषयलाई निशुल्क परिक्षण गरेर नागरिकको सेवा भावमा लियोले काम गरेको कार्यक्रमका आयोजक पेरिस सुबेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्