किरात राई संस्कृतिमा आधारित नेपाली चलचित्र ‘सायाबुङ’काे निर्माण सकियाे

किरात राई संस्कृतिमा आधारित नेपाली चलचित्र ‘सायाबुङ’काे निर्माण  सकियाे

पाँचथर, २९ कात्तिक।   किरात राई संस्कृतिमा आधारित नेपाली चलचित्र ‘सायाबुङ’ निर्माण सम्पन्न भएको छ । यो चलचित्रलाई सेन्सर बोर्डले सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । यो चलचित्रका लेखक÷निर्देशक भगिराज राई हुन् । सायाबुङमा पूर्वी नेपालको उच्च पहाडी भेगमा गोठ बस्ने परम्परालाई उतारिएको निर्देशक राईले बताए । अब चलचित्रलाई चाँडै रिलिज गर्ने पनि उनले जानकारी गराए । दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्मित यो फिल्मलाई साया बान्तावा राईले निर्माण गरेका हुन् । जसमा किरात राई जातिको संस्कार र संस्कृतिलाई पनि देखाइएको छ ।चलचित्रमा सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया बान्तवा राईलगायतले अभिनय गरेका छन् । पाँचथर, काठमाडौं र भारतको आसाम, मणिपुरलगायतका स्थानमा छायांकन गरिएको चलचित्रलाई देवजंग थापाले खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्