उदयपुरमा वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता

उदयपुरमा वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता

उदयपुर, २९ कात्तिक । त्रियुगा नगरपालिका १० का वडाध्यक्षको सिफारिसमा विदेशीलाई नागरिकता दिइएको रहस्य खुलेको छ। भारतको मधुवनी जिल्ला, लौकाहा थाना, एकासी मझौरा बस्ने नसरुल मियाँकी श्रीमतीलाई वडाध्यक्ष प्रकाशकुमार खड्काको सिफारिसमा नागरिकता दिएको रहस्य खुलेको हो। त्रियुगा नगरपालिका १० बस्ने दिल मोहमदकी छोरी ३१ वर्षीया लजिना खातुनलाई त्रियुगा नगरपालिका–१० का वडाध्यक्ष खड्काको सिफारिसमा नागरिकता दिइएको रहस्य जिल्ला प्रशासन कार्यालयबाटै बाहिरिएको हो। नेपालको संविधानअनुसार नेपाली महिला विदेशी नागरिकसँग विवाह गरेपछि स्वतः विदेशी हुने व्यवस्था भएपछि भारतीय नागरिकसँग बिहे गरी गएकी महिलालाई नागरिकता दिलाएका हुन्,जसमा अविवाहित भनिएको छ,’ जिल्ला प्रशासन स्रोतले भन्यो। स्रोतका अनुसार अविवाहित भनेर नागरिकता दिलाइएकी लजिनाका दुई सन्तान छन्। २०५६ सालमा पहिलो र २०६८ सालमा दोस्रो विवाह गरेकी लजिनालाई जिल्ला प्रशासन कार्यालय उदयपुरले २०७४ मंसिर १८ गते ०५२३० नम्बरको नागरिकता प्रदान गरेको हो। २०४४ वैशाख १५ गते जन्म भई अविवाहित भएको भनी वडा कार्यालयको २०७४ मंसिर १३ गतेको सिफारिसको आधारमा प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले नागरिकता जारी गरेका छन्। प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको तयारीमा रहेका बेला जिल्ला प्रशासन कार्यालयको सेटिङमा विदेशीलाई नागरिकता दिइएको स्थानीयको आरोप छ। गाईघाट बोक्सेस्थित ससुरालीमै बस्दै आएका नसरुल मियाँ भारतीय नै भएको ससुरा दिल मोहमद  बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्