पूर्वका तीन जिल्लामा आगलागी, १० लाख मूल्य बराबरको क्षति

पूर्वका तीन जिल्लामा आगलागी, १० लाख मूल्य बराबरको क्षति

विराटनगर– पूर्वका मोरङ, सुनसरी र खोटाङमा बुधबार भएको आगलागीमा १० लाख मूल्य बराबरको क्षति भएको छ।मोरङको कटहरी गाउँपालिका–६ सितपुरका अशोक राजवंशीको गुहालीवाट सुरु भएको आगलागीमा उनीसहित अन्द्र राजवंशी र दुखाराम राजवंशीको घर जलेर ३ लाख २५ हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।

यसैगरी, खोटाङको बराहपोखरी गाउँपालिका ४ स्थित कोछाले बस्ने वीरबहादुर राउतको घरमा भएको आगलागीमा ३ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ। आगलागीमा २ तले घर, लत्ताकपडा, भाडावर्तन, काठपातसहित ४ वटा चौपाय समेत जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका ६ का खगेन्द्र थापा मगरको घरमा भएको आगलागीमा ३ लाख मूल्य बराबरको क्षति भएको छ। मगरको एकतले पक्की घरमा उर्लाबारी नगरपालिका ६ का डील्लिराम भटृराईले सञ्चालन गरेको जुत्ताचप्पल पसलमा विद्युत सर्ट भई आगलागी भएको थियो। आगोले पसलमा भएको जुत्ता–चप्पल र फर्निचरको सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्