इलामको श्रीअन्तुमा पर्यटकको लर्को ,तस्बिरमा हेर्नुहोस श्रीअन्तु

इलामको श्रीअन्तुमा पर्यटकको लर्को ,तस्बिरमा हेर्नुहोस श्रीअन्तु

बिबेक दाहाल ,बिराटनगर कार्तिक २९ ,

इलामको श्रीअन्तुमा पर्यटकको भिड लाग्ने गरेको छ । श्रीअन्तु इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिकामा पर्छ ।अन्तुडाँडा पूर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो । सूर्योदय हेर्नको लागि अन्तुडाँडामा पर्यटकको भिड लाग्ने गर्दछ । सूर्योदय हेर्न ,चियाबारी घुम्न , पोखरी अवलोकन गर्न साथै होमस्टेको लागि श्रीअन्तु छोटो समयमा नै निक्कै  लोकप्रिय पर्यटकस्थल बन्न सफल भएको छ । नेपालमा घाम उदाउने क्षेत्रको रुपमा परिचित श्रीअन्तु डाँडामा अहिले दैनिक ६ सय बढी पर्यटक आउने गरेको तथा उनीहरुको रोजाइमा होमस्टे पर्ने गरेको श्रीअन्तुमा होमस्टे चलाउने रेवती मगरले जानकारी दिईन । श्रीअन्तुमा अहिले नयाँ होमस्टे साथै होटेलहरु खुल्ने क्रम बढेको पनि मगरले बताइन ।

तस्बिरमा हेर्नुहोस !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्