रंगेली नगरपालिकाका मेयरको ईटा भट्टामा अबैध गाँजाको कारोवार, एक भारतीय पक्राउ

रंगेली नगरपालिकाका मेयरको ईटा भट्टामा अबैध गाँजाको कारोवार, एक भारतीय पक्राउ

विराटनगर, २९ कात्तिक ।
मोरङको रङ्गेली नगरपालिकाका मेयर दिलिप बगडियाले संचालनमा ल्याएको अानन्द ईटा भट्टामा अबैध गाँजा फेला परेको छ । ईटा भट्टामा प्रहरीले छापा मार्ने क्रममा अबैध गाँजाको कारोवार तथा बिक्रि बितरणमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेपछि घटना बाहिर आएको हो । उद्योग भित्र जाँगाको बिक्री बितरणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । भट्टाका मजदुर भारत बंगाल कुचबिहारका ३० बर्षिय हेमन्त बर्मनले उद्योग भित्रैबाट गाँजाको कारोवार गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ । उद्योग भित्र क्यान्टिन चलाउँदै आएका उनले बाहिरबाट गाँजा  खरिद गरेर ल्याउने र त्यहाँ भित्र रहेका कामदारलाई बिक्री गर्ने गरेको पाईएको हो । उनले बिक्री गर्ने गाँजा एक चिलिमको भारतीय रुपैयाँ ५० रुपैयाँमा कारोवार हुने गरेको प्रहरीले जनाएको छ । अत्याधिक बिक्री हुने ईटा मध्यको यो उद्योगमा नेपाली भन्दा धेरै भारतीय कामकार कार्यरत छन् । उनीहरु भारतको कुचबिहारबाट आउने र यहाँ ७ महिना काम गरेर फर्किने गर्दछन् ।
ईटा उद्योग भित्र गाँजाको कारोबार हुने गरेको सुराकीको आधारमा गएको ईलाका प्रहरी कार्यालयको टोलीले छापा मार्ने क्रममा लागु औषध गाँजा साढे दुई केजी बरारमद भएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए । पक्राउ परेका भारतीय नगरिकलाई लागू औषध अन्तर्गत म्याद थप भएको छ । मेयर बगडीयाले गाँजाको कारोवारी भनेर पक्राउ परेका बर्मन नयाँ सिजनका लागि काम गर्न केही दिन अघि मात्र आएको बताएका छन् । यसरी कारोवार गर्ने जो कोहीलाई पनि कार्वा गर्नु पर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्