गृहमन्त्रालयमा एसी तातेर पड्किँदा आगलागी

गृहमन्त्रालयमा एसी तातेर पड्किँदा   आगलागी

काठमाडौं, २९ कात्तिक ।  सिंहदरबारस्थित गृहमन्त्रालयमा बिहीवार आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको कार्यकक्षमा बिहीवार दिउँसो आगो लागेको हो । राईको कार्यकक्षमा एसी तातेर पड्किँदा आगो लागेको गृहमन्त्रालय स्रोतले जानकारी दियो । आगो लाग्दा राई कार्यकक्षमा थिएनन् । आगो केहीबेरमै नियन्त्रणमा लिइएको थियो । आगलागीबाट सामान्य क्षति भएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्