‘शिक्षाका लागि विश्व अभियान’को छैठौं सम्मेलन आजदेखि

‘शिक्षाका लागि विश्व अभियान’को छैठौं सम्मेलन आजदेखि

विराटनगर,३० कात्तिक । ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । विश्वभरका शिक्षा अधिकारकर्मीहरुको साझा संजालको रुपमा रहेको अभियानको सम्मेलनमा सय भन्दा बढि देशका २ सय ५० जनाभन्दा बढि शिक्षाप्रेमीहरु सहभागी हुनेछन । सम्मेलनलाई संयुक्त राष्ट्र संघका उपमहासचिव अमिना मोहम्मद, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । अभियानले न्याय, समानता र समावेशीताको लागि सार्वजनिक शिक्षाको रुपान्तरणमा जोड दिँदै आएको छ । सम्मेलनले अभियानको नयाँ नेतृत्व पनि चयन गर्ने शिक्षाका लागि विश्व अभियानकी अध्यक्ष क्यामिला क्रोशोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्