नगरकोटका ब्यापारीको काठमाडौँमा प्रदर्शन, दोहोरो पर्यटन शुल्क खारेजीको माग

नगरकोटका ब्यापारीको काठमाडौँमा प्रदर्शन, दोहोरो पर्यटन शुल्क खारेजीको माग

काठमाडौँ, ३० कात्तिक ।
नगरकोटका व्यापारीहरुले दोहोरो पर्यटन शुल्क तत्काल खारेज गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरेका छन् । नगरकोट आउने पर्यटकहरुलाई भगाउने गरी दोहोरो पर्यटन शुल्क स्थानीय सरकारले लिन थालेको भन्दै स्थानीय व्यापारीहरुले तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन । स्थानीय निकायले पर्यटकहरुमाथि लुटेरा शैलीमा दोहोरो पर्यटन शुल्क लिएपछि पर्यटन व्यवसायनै समस्यामा परेकाले समाधानका लागि सरकारलाई दवाव दिन प्रर्दशन गर्नु परेको स्थानीय व्यापारी गोकुल शर्माले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिका र मण्डन–देउपुर नगरपालिका दुवैले पर्यटकहरुलाई शुल्क लिन थालेपछि त्यहाँ पर्यटकहरु नजाने वातावरण बनेका स्थानीय व्यापारीहरुको भनाई छ । व्यापारी शर्माले पर्यटक आकर्षण गर्नका लागि सरकारले पूर्वाधार विकासमा जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
पर्यटकहरुलाई भगाउने खालका गतिविधि स्थानीय सरकारले गरेपछि त्यसको विरोध गर्नुपर्ने अवस्था आएको नगरकोटका अर्का व्यापारी योगेन्द्र शाक्यले बताए । उनले दोहोरो शुल्क लिएर पर्यटकहरु भगाउने काम गरे त्यो कसैको पनि हितमा नहुने चेतावनी समेत दिए
स्थानीय व्यापारीहरुले पर्यटकहरुको आगमनलाई सहज बनाउन पूर्वाधारअन्तर्गत पर्यटक बस पार्क, सार्वजनिक शौंचालय निर्माण गर्न पनि सरकारलाई पटक–पटक आग्रह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्