विराटनगरको विकासमा प्रदेश प्रमुखको चासो, मेयरलाई बोलाएर जानकारी लिए

विराटनगरको विकासमा प्रदेश प्रमुखको चासो, मेयरलाई बोलाएर जानकारी लिए

विराटनगर, ३० कात्तिक।
एक नम्बर प्रदेशका प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ्गले विराटनगरमा भइरहेका विकास निर्माणका विषयमा चासो देखाएका छन् । विहिवार विराटनगर महानगरका मेयर भीम पराजुलीलाई प्रदेश प्रमुखले आफ्नै कार्यालयमा बोलाएर विराटनगरको विकास र भइरहेका गतिविधिका विषयमा जानकारी लिएका हुन् ।
विराटनगर अस्थायी राजधानी र ऐतिहासिक शहर भएकाले विराटनगरमा के हुदै छ भनेर बुझ्न आफुले बुझ्न खोजेको मेयरसँग तुम्बाहाङले भनेका थिए । मेयर पराजुलीलाई भेटका क्रममा प्रदेश प्रमुख तुम्बाहाङ्गले भने, ‘विराटनगरलाई नमुना शहर बनाउनुहोस्, यसको मोडल १ नम्बर प्रदेशभरी लान सकियोस् ।’
मेयर पराजुलीले विराटनगर विकासको बाटोमा अगाडी बढी रहेको जानकारी गराएको उनको नीजी सचिवालयले जनाएको छ । विराटनगर महानगर भित्र भ्यू टावर, विराट राजाको दरवार ,४ सय किलोमिटर सडक पिच गर्ने काम, बैकल्पिक मार्गको विस्तार (घोगाह पैनी र ढाट देखि रानीसम्मको नहर छेउको बाटो) निर्माण ,बसपार्क निर्माण,स्वच्छ खानेपानीकालागि जाईका सँगको सहकार्य भईरहेको बारेमा मेयरले जानकारी गराएका थिए । मेयर पराजुलीले खेलकुद विकासका लागि खेलमैदान र फ्रडलाइट लगाउने र अन्य जनमैत्री कार्यक्रम अगाडी बढि रहेको जानकारी गराएका थिए । विकासका गतिविधिबारे सुन्दै प्रदेश प्रमुख तुम्बाहाङ्गले प्रदेश नं १ नमुना बन्ने आफ्नो अपेक्षा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्