इलाममा ट्याक्टर दुर्घटना हुँदा  चालक र सह-चालकको मृत्यु

इलाममा ट्याक्टर दुर्घटना हुँदा  चालक र सह-चालकको मृत्यु

इलाम,  ३० कात्तिक । इलामको माङसेबुङ गाउँपालिका-३ भन्ज्याङमा  ट्याक्टर दुर्घटनामा  चालक र सह-चालकको मृत्यु भएएको छ ।  भन्ज्याङ स्थित फाल्गुनन्द कच्ची सडक खण्डमा पाँचथरबाट दमक तर्फ अदुवा बोकेर आउँदै गरेको को १ त ८०२५ नम्बरको ट्याक्टर सडक बाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चालक सोही गाउँपालिका-५ बस्ने बर्ष २८ को नबिन कुरुवाङ र सह-चालक धनकुटा चौबिसे गाउँपालिका-८ बस्ने बर्ष २२ को गोकुल लिम्बुकाे ज्यान गएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्