इलामको भञ्ज्याङ खण्डमा ट्र्याक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु

<span class='c1'>इलामको भञ्ज्याङ खण्डमा ट्र्याक्टर दुर्घटनामा</span> <span class='c2'>परेर दुई जनाको मृत्यु</span>

दमक कार्तिक ३० । दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ घर भएका २२ वर्षीय गोकुल लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर भएका दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताउनुभयो । पाँचथरको रविबाट दमकतर्फ आउँदै गरेको अदुवा बोकेको मे१त ८०२५ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । राति १२ बजेतिर भएको दुर्घटनाबाट मालवाहक ट्र्याक्टर सडकदेखि १५० फिट तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्