शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुकाे विराटनगरमा धर्ना

<span class='c1'>शैक्षिक सुधारको माग गर्दै</span> <span class='c2'>शिक्षकहरुकाे विराटनगरमा  धर्ना</span>

विराटनगर, ३० कात्तिक । पेशागत हकहित तथा शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुले विराटनगरमा रहेकाे शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन्।शुक्रबार नेपाल शिक्षक महासंघ मोरङ कार्यसमितिको अगुवाईमा शिक्षकहरुले बिहान १० देखि दिउँसो २ बजेसम्म विरोध स्वरुप धर्ना दिएका हुन्। धर्नाका क्रममा जिल्लातहको १७ वटा तहका स्थायी, अस्थायी, र राहत शिक्षकसहित विद्यालय कर्मचारीहरु सहभागी भएको नेपाल शिक्षक महासंघ मोरङका सहसचिव अरबिन्द यादवले जानकारी दिए। महासंघद्वारा घोषित तेस्रो चरणको आन्दोलनका कार्यक्रमअनुसार देशभरिका समन्वय इकाईहरुमा विरोधका कार्यक्रमहरु गरिएको यादवले बताए। उनले भने, ‘महासंघले उठाएको पेशागत हकहित र शैक्षिक सुधारका २६ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने छ।’

सो क्रममा शिक्षकहरुले समन्वय इकाईमा व्यङ्ग्यात्मक नाँचगान गरेका थिए। महासंघले गुणस्तरीय शिक्षाका लागि विश्व शैक्षिक मञ्च र दलहरुका घोषणापत्रमा प्रकट भएका प्रतिवद्धता अनुसार शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत र कुल ग्राहस्थ उत्पादनको ४ प्रतिशत विनियोजन गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्