शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अाजदेखि पुनः सुरु हुँदै

<span class='c1'>शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल</span> <span class='c2'>प्रतियोगिता अाजदेखि पुनः सुरु हुँदै</span>

काठमाडौं, १ म‌ङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अाजदेखि पुनः सुरु हुँदैछ ।गएको असोज १३ गते सुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दसैँ, तिहार तथा छठका कारण पहिलो चरणको खेल पछि स्थगित गरिएको थियो ।अाजदेखि हुने लिगको दोस्रो चरणका खेलका लागि सबै तयारी पूरा भइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीका लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।पहिलो चरणको खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी, सङ्कटा, थ्रीस्टार र नेपाल पुलिसले मात्र स्पष्ट तीन अंक जोडेका छन् ।त्रिभुवन आर्मी, एपीएफ, च्यासल, मच्छिन्द्र, न्यूरोड टिम र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक÷एक अङ्क जोड्दा जावलाखेल, सरस्वती, फ्रेण्डस् र ब्रिगेडब्वाइज अंकविहीन छन् ।

शनिबारदेखि हुने दोस्रो चरणका पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल हलचोक मैदानमा बिहान ११ बजे शुरु हुनेछ । शनिबार नै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा १४ ‘ए’ डिभिजन क्लबहरू थ्रीस्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले १५ लाख, पाँचाँै टोलीले सात लाख र छैटौँले पाँच लाख पाउनेछन् । ‘फेयरप्ले’ टिमले एक लाख पाउनेछन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा ‘म्यान अफ दि म्याच’ खेलाडीलाई १० हजार दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्