भरतमोहन अधिकारीलाई आज विराटनगरमा भब्य अभिनन्दन गरिँदै

<span class='c1'>भरतमोहन अधिकारीलाई आज विराटनगरमा</span> <span class='c2'>भब्य अभिनन्दन गरिँदै</span>

विराटनगर, १ मंसिर ।
पुर्ब उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको बिराटनगरमा आज भब्य नागरिक अभिनन्दन गरिने भएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय विताएका ८३ बर्षिय नेकपाका नेता अधिकारीको आज ११ बजे विराटनगरकाे बिरेन्द्र सभागृहमा नागरिक अभिनन्दन गरिने भएको हो । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर अधिकारीलाई नागरिक अभिनन्दन गर्न लागिएको नागरिक अभिनन्दन समारोह समितिका संयोजक डा भेषप्रसाद धमलाले बताए । अभिनन्दन कार्यक्रम संचालनका लागि एलिड क्लवका अध्यक्ष समेत रहेका डा धमलाको संयोजकत्वमा ३ सय १ सदस्य मुल समारोह समिति गठन गरिएको थियो । २०४६ सालको राजनीति आन्दोलन अघि विराटनगरमा ल फर्म चलाएर बसेका अधिकारी २०४६ साल पछि पुर्णकालिन राजनीतिमा लागेका हुन्। ४६ सालको जन आन्दोलन अघि विराटनगरमा राजनीति जागरण ल्याउन भुमिका खेलेका थिए ।
नाताले स्व. कृष्णप्रसाद कोईरालाको भान्जा पर्ने अधिकारीले मातृका प्रसाद कोईरालाका छोरा कमल कोइरालासँग मिलेर विराटनगरमा लामो समय ल फर्म चलाएका थिए । विराटनगरमा ल फर्म संचालन गरेका बेला अधिकारीले राजनीति मुद्दामा पक्राउ परेका ब्यक्तिहरुको पक्षमा बढी बहस गर्ने गर्दथे । बहुदलिय आन्दोलन पछि स्वर्गिय मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने कम्युनिष्ट सरकारमा भरतमोहन अधिकारी अर्थ मन्त्रीको रुपमा थिए । उनी स्वर्गिय मनमोहन अधिकारीका भाई पर्छन् । जेष्ठ नागरिकलाइए बृद्धभत्ता दिने कार्यको प्रारम्भ गर्न भुमिका खेलेका अधिकारी पछिल्लो समय राजनीति जीवनमा थोरै मात्र क्रियाशिल छन् । शारिरिक अवस्थाका कारण राजनीतिमा कम देएिको उनका निकतका बताउँन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्