काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आजबाट स्वतः भङ्ग हुने

काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आजबाट स्वतः भङ्ग हुने

काठमाडौं, १ मङ्सिर । तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आज (शनिबार)बाट स्वतः भङ्ग हुने भएको छ । १२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमाभित्र पनि अधिवेशन भएन । 

नेविसंघको विधानको टुंगो लागेको छैन । उमेरहद मुख्य विवाद बनेको छ । समयमा अधिवेशन गर्न नसकेपछि उत्पन्न अन्योल हटाउन आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्