आज सातौँ कर दिवस, विभिन्न कार्यक्रमका गरी मनाइँदै

आज सातौँ कर दिवस, विभिन्न कार्यक्रमका गरी मनाइँदै

काठमाडौं, १ मङ्सिर । सरकारले करदाताको सहभागिता बढाउन अधिकतम सहुलियत नीति अवलम्बन गरी राजश्व वृद्धितर्फ ध्यान दिएको आन्तरिक राजश्व विभागले जनाएको छ । विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले सरकारी नीतिअनुसार उद्योग व्यवसायीसँगको समन्वयमा जनतालाई सुसूचित गराउँदै करदाताको सहभागिता बढाउनेतर्फ ध्यान दिएको बताए ।

महानिर्देशक नेपालका अनुसार शनिबारदेखि मनाउन लागिएको सातौँ कर दिवससमेत करदाताको सहभागिता बढाउनमै केन्द्रित छ । ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नारासाथ विभाग र मातहतका कार्यालयले शनिबारदेखि सातौँ राष्ट्रिय कर दिवस साताव्यापी रूपमा मनाउन लागेको छ ।मङ्सिर १ गते काठमाडौँमा प्रभातफेरीसहित अर्थमन्त्री डा युवराज खतिवडाको सहभागितामा विशेष कर्याक्रम गर्ने भएको छ ।

सो क्रममा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान र उत्कृष्ट कर्मचारीलाई पुरस्कृति गरिने छ । त्यस्तै २ देखि ७ गतेसम्म उपत्यकाका कर कार्यालयले कर शिक्षासहितका विभिन्न कार्यक्रम गर्ने छन् । कर छुटको बारेमा जानकारी गराउन अन्तक्र्रिया कार्यक्रम गरिने छ ।

नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिन २०५४ साल मङ्सिर १ गतेलाई स्मरण गर्दै कर दिवस मनाउन थालिएको हो । हाल नेपालमा व्यावसायिक र रोजगारीको आय गर्ने करदाता १८ लाख रहेकाले पाँच वर्षपछि ३० लाख पुर्याउने लक्ष्य विभागले लिएको छ जसका लागि उद्योग व्यवसायीसँग समन्वय गरेर करको बारेमा जानकारी गराउने काम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्