यसरी भयाे विराटनगरमा भरतमोहन अधिकारीकाे भव्य अभिनन्दन

<span class='c1'>यसरी भयाे विराटनगरमा भरतमोहन</span> <span class='c2'>अधिकारीकाे भव्य अभिनन्दन</span>

विराटनगर, १ मंसिर ।
पुर्ब उपप्रधान तथा अर्थ मन्त्री भरत मोहन अधिकारीको बिराटनगरमा आज भब्य नागरिक अभिनन्दन गरिएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय विताएका ८३ बर्षिय नेकपाका नेता अधिकारीलाई एक नम्बर प्रदेशका प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङले अभिनन्दन गरेका हुन् । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर अधिकारीलाई नागरिक अभिनन्दन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै एक नम्बर प्रदशेका प्रदेश प्रमुख तुम्बाहाङले नेपाली राजनीतिमा प्रतिवद्ध र ईमान्दार छवि भएका ब्यक्तिको रुपमा अधिकारीलाई चित्रण गरे । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले अहिलेको अबस्थामा नेपाली राजनीतिको प्रेरणाको श्रोत अधिकारी भएकोले उहाँबाट आफुले धेरै सिक्न पाएको बताए । उनले २०६२÷६३को जनआन्दोलन, संबिधान निर्माणदेखि अहिलेसम्म आउँदा उहाँको योगदानलाई मुलुकले भुल्नै नसक्ने भन्दै प्रशंसा गरे ।
अभिनन्दन समारोह पछि समारोहलाई सम्बोधन गदैए अधिकारीले ईतिहाँस बोकेको बिराटनगरलाई कसैले विर्सन नहुने बताए । उनले यस्तो ऐतिहाँसिक ठाउँलाई प्रदेशको स्थायी राजधानी बनाएर प्रदेशलाई समृद्ध बनाउनु पर्ने बताए । आफुलाई अभिनन्दन गरिएकोमा खुसी भएका अधिकारीले मुलुकलाई समृद्धीको दिसामा लग्नको लागि सबै मिल्नुको बिकल्प नभएको बताए ।
कोराईराला परिवारसँगको सम्बन्ध
२०४६ सालको राजनीति आन्दोलन अघि विराटनगरमा ल फर्म चलाएर बसेका अधिकारी २०४६ साल पछि पुर्णकालिन राजनीतिमा लागेका हुन्। ४६ सालको जन आन्दोलन अघि विराटनगरमा राजनीति जागरण ल्याउन भुमिका खेलेका थिए ।
नाताले स्व. कृष्णप्रसाद कोईरालाको भान्जा पर्ने अधिकारीले मातृका प्रसाद कोईरालाका छोरा कमल कोइरालासँग मिलेर विराटनगरमा लामो समय ल फर्म चलाएका थिए । विराटनगरमा ल फर्म संचालन गरेका बेला अधिकारीले राजनीति मुद्दामा पक्राउ परेका ब्यक्तिहरुको पक्षमा बढी बहस गर्ने गर्दथे ।
अर्थमन्त्री हुँदाको योगदान
बहुदलिय आन्दोलन पछि स्वर्गिय मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने कम्युनिष्ट सरकारमा भरतमोहन अधिकारी अर्थ मन्त्रीको रुपमा थिए । उनी स्वर्गिय मनमोहन अधिकारीका भाई पर्छन् । जेष्ठ नागरिकलाइए बृद्धभत्ता दिने कार्यको प्रारम्भ गर्न भुमिका खेलेका अधिकारी पछिल्लो समय राजनीति जीवनमा थोरै मात्र क्रियाशिल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्