स्वचालित पेस्तोल सहित धरानबाट १ पक्राउ

<span class='c1'>स्वचालित पेस्तोल सहित</span> <span class='c2'>धरानबाट १ पक्राउ</span>

धरान, १ मंसिर । सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित तीनकुनेबाट प्रहरीले  पेस्तोल सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले १ थान स्वचालित पेस्तोल सहित सुनसरी बराह नगरपालिका-११ का ३५ बर्षीय श्यामदेव मण्डललाई पक्राउ गरेको हो । धरानबाट इटहरी तर्फ जाँदै गरेको को २८ प ७१८४ नम्बरको स्कुटरमा चेकजाँच गर्ने क्रममा मण्डलले कम्बरमा लुकाई  राखेको अवस्थामा पेस्तोल सहित २ थान म्याग्जिन र १ राउण्ड गोली  बरामद गरेको हो । पेस्तोल सहित पक्राउ परेका मण्डललाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्