झापाको बुधबारेमा प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने

<span class='c1'>झापाको बुधबारेमा   प्रदेश नम्बर</span> <span class='c2'>१ स्तरीय भलिवल प्रतियोगिता हुने</span>

विर्तामोड, १ मङ्सिर । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजना तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले (एनएमसी) को मुख्य प्रायोजनमा हुने भलिवल प्रतियोगितामा झापा जिल्ला भलिवल संघको प्राविधिक सहयोग रहने मुल आयोजक समितिका संयोजक सन्तोस कुमार ढकालले बताए । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले संस्था स्थापनाको २५ औं वर्षको अवसरमा प्रतियोगितामा मुख्य प्रायोजन गरेको हो । प्रतियोगितामा आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्ति सहित झापा, मोरङ, खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजङ, नेपाल प्रहरी, शसस्त्र प्रहरी र धनकुटा गरी १० टोलीको सहभागिता रहने आयोजकका प्रचार संयोजक अनिल वाग्लले जनाए ।प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफी उपविजेताले ५० हजार सहित ट्रफी पाउने छन् भने प्रतियोगितामा तेस्रो हुने टिमले पनि नगद २५ हजार पाउने आर्थिक उपसमिति संयोजक प्रेम नेम्बाङले बताए । १२ लाख ६५ हजारको अनुमानित लागतमा हुन लागेको प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउन ५१ सदस्यीय मूल आयोजक समिति बनाएर विभिन्न उपसमिति समेत गठन गरि कार्य अगाडी बढाइएको आयोजक समितिका संयोजक ढकालले बताए । प्रतियोगिता मंसिर ३ गतेदेखि ५ गतेसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्