सिंचाईको निहुँमा छिमेकीको कुटाईबाट महिला गम्भीर घाईते

<span class='c1'>सिंचाईको निहुँमा छिमेकीको कुटाईबाट</span> <span class='c2'>महिला गम्भीर घाईते</span>

कपिलवस्तु, १ मङ्सिर । महाराजगंज नगरपालिका– ८ सिग्राहामा छिमेकीको कुटाईबाट ३५ बर्षे मुन्नुदेबी कहार गंभीर घाईते भएकी छिन । बाणगंगा नदीबाट पम्पसेटले तोरी खेतमा सिंचाई गर्नेक्रममा बिवाद भएपछि स्थानीय झकुरी भन्ने राजेश कहार र उनका बुवा चिन्कु कहारले मुन्नुदेबीलाई निर्धात कुटेका थिए । दुबैले लठ्ठीले हिर्काउदा  मुन्नुको पेटको किनार र तिर्घाका गहिरो चोट लागेको प्रहरीले जनाएको छ । पम्पसेटले सिंचाई गर्दा राजेशले मोटरसाईलले पाईप फुटाएपछि भनाभनपछि बिवाद भएको मुन्नुका श्रीमान बेचनले बताए ।पाईप फुटाए पछि भएको बिवाद गाउलेहरु मिलेर समाधान गरिएको थियो । तर आधा घन्टा पछि राजेश र उनका बुवा चिन्नु आएर आफनो श्रीमतिलाई लठ्ठीले निर्घात कुटेको उनले गुनासो गरे । घाईते मुन्नु देबीको तौलिहवा अस्पतालमा उपचार भईरहेको छ ।  प्रहरीले गरेको घटनाको अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । सामान्य विवादमा कुटपिट गर्दा उनी घाइते भएपछि स्थानीय महिलाहरु आक्रोसित भएका छन् । महिलामाथि यस्तो कार्य गर्नेलाई कडा कारवाही गर्न महिलाहरुले स्थानीय प्रशासनमा आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्