झापा, १ मङ्सिर । झापाको कनकाई नगरपालिकास्थित माइधारका विष्णु घिमिरेको खाडी मुलुकको कुवेतमा मृत्यु भएको छ। ३५ वर्षीय विष्णुको शुक्रबार मृत्यु भएको हो। विष्णुका आफन्त ज्ञानेन्द्र घिमिरेले हृदयघातका कारण उनको मृत्यु भएको हो। विष्णु डेढ वर्षअगाडि कुवेत गएका हुन्। बिहीबार साँझ साथीको कोठामा गएका उनी शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन्।