आज राति सिंह राशिबाट उल्का वर्षा हुने

आज राति सिंह राशिबाट उल्का वर्षा हुने

काठमाडौं, २ मङ्सिर ।  आज राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । १ः३० बजे सबैभन्दा धेरै उल्का वर्षा भएको स्पष्टरुपमा देखिने उनकाे भनाइ छ । आज ११ः४५ बजे आकाश मण्डलमा सिंह उदाउने सोसाइटीले जनाएको छ । आकाश मण्डलमा ग्रह, नक्षत्र, राशिको उल्का वर्षा हुनु नियमित प्रक्रिया भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्