द भ्वाइसमा आज यी ट्यालेन्टहरुको लाइभ गायकी देख्न सकिने

द भ्वाइसमा आज यी ट्यालेन्टहरुको लाइभ गायकी देख्न सकिने

काठमाडौँ, २ मंसिर ।
धुमधडाका चलिरहेको छ द भ्वाइस अफ नेपालको सांगितिक यात्रा । अहिले लाइभ राउण्डमा ब्लाइण्ड अडिशनबाट छानिएका अनि व्याटलमा जितेका र स्टेल भएका ट्यालेन्टहरुको लाइभ गायकी देख्न सकिन्छ ।
चारजना कोचहरुको आफ्नो टिमलाई मजबुत बनाउन अनि प्रस्तुतिमा अझ निखार ल्याउनका लागि अनवरत कसरतहरु जारी छ । हरेक साता शनिबार र आइतबार कान्तिपुर टिभीमा आउने अत्याधिक रुचाइएको रियालीटी टिभी शो द भ्वाइस अफ नेपाल प्रसारण भइरहेको छ भनें यूट्यूबमा पनि हरेक एपिसोडहरु दर्शकको चाह अनुरुप हेरिनका लागि कार्यक्रम नै पिच्छे अपलोड हुने गर्दछ ।
हिजोको अर्थात यस साताको शनिबारको द भ्वाइस अफ नेपालको श्रृङ्खलामा ६ जना ट्यालेन्टहरुले आफ्नो बुलन्द प्रस्तुति दिएर गएका छन् अनि उनीहरुको प्रस्तुतिको लेखाजोखा दर्शककै हातमा छ ।
भोट धमाधम सुचारु छ अनि जारी छ, खोजि कार्य, यस वर्षको प्रथम द भ्वाइस अफ नेपालको ।
कुरा गरौं अब आइतबार को श्रखलाको , आजको अर्थात मसिंर २ गते द भ्वाइसको श्रृङखलामा आफ्नो जोडदार प्रस्तुतिका लागि टिम अभया र टिम दिपबाट तिन तिन जना ट्यालेन्टहरु आँउदै छन् । हामी सबैलाई जिज्ञासा छ, को हुन त तिनी ट्यालेन्टहरु अनि कस्तो हुनेछ त तिनको प्रस्तुति ? यस साताको दोश्रो द भ्वाइसको एपिसोडमा निम्न ट्यालेन्टहरु आ–आफ्ना टिमको प्रतिनिधित्व गर्दै द भ्वाइसको मञ्चमा ओर्लने पक्का भएको छ ।
टिम दिपबाट
सि डि बिजय अधिकारी
बिवेक वाइबा लामा
एनी श्रेष्ठ मञ्चमा देखा पर्नेछन् ।

त्यस्तै टिम अभयाबाट
बिवेक लामा
आश्रा कुँवर
र अनु शाक्य मञ्चमा ओर्लँदैछन् ।

सि डि बिजय अधिकारी द भ्वाइसका अत्यन्त लोकप्रीय आवाज हुन् जसले ब्लाइण्ड अडिशनबाटै अनवरत आफ्नो तयारी र ट्यालेन्टले कोच अनि दर्शक सबैको मन जितेका छन् । उता बिवेक वाइबा लामाको पनि द भ्वाइसको यात्रा बहुतै रोमाञ्चक र दर्शकहरुले रुचाएको पाइएको छ ।
त्यस्तै कुरा गरौं एनी श्रेष्ठको, उनी पनि द भ्वाइसको श्रृखलामा धेरै रुचाएकी अनि खोजि गरिएकी ट्यालेन्ट हुन् । हेरौं आजको प्रस्तुति हेरिसकेपछि कोच दिपले कसलाई आफ्नो अधिकार प्रयोग गरेर पोल्टामा सुरक्षित राख्नेछन अनि कसकसलाई भोट गरेर तपाँइहरुले सुरक्षित राख्नुहुनेछ भन्ने ।
अब अर्को पटि छन हाम्रो कोच अभयाको समुह । यस समुहमा यस साता बिवेक लामा, आश्रा कुँवर, र अनु शाक्यले आआफ्नो प्रस्तुति दिदैछन् ।
बिवेक लामाको कुरा गर्दा उनी एउटा पृथक तर प्रेरणादायि ब्यक्तित्वका रुपमा द भ्वाइसका दर्शकले लिएको पाइन्छ । बिवेकको पृष्ठभूमिमा एक दशक लामो कारावासको तितो अनुभव छ तथापी संगितको मोह अनि चाहना साथै उनको गायकी बहुतै रुचाइएको पाइन्छ । बाटो बिराउनु अलग कुरा होला तर फर्केर कलाको साधना अनि संभावना दुबै बिवेकमा पाइन्छ ।
उता आश्रा कुँवर पनि स्टाइलिश र लोकप्रीयतामा साथै गायकीमा पनि उत्तिकै खरो देखिएकी छिन् । ब्याटल राउण्डमा सिर्जय थपलियासंगको ब्याटलमा खरो प्रतिस्पर्धामा कोच अभयाले दुविधाजनक स्टेजमा सिर्जयलाई गुमाउनुको पीडालाई आत्मसाथ गर्दै आश्रालाई छानेकी हुन् । तथापि सिर्जय स्टेल भएर टिम प्रमोदको पोल्टामा आएका छन् ।
अनु शाक्य पनि सुरिलो आवाज र बिभिन्न भेराइटिका गीत पस्कन माहिर ट्यालेन्ट हुन् । उनको प्रस्तुतिबाट उनका समर्थकले धेरै अपेक्षा गरेको पाइएको छ ।
साथै द भ्वाइस अफ नेपाल मोबाइल एप्स इन्सटल गर्न नभुलौं है, त्यस एप्स मार्फत भोटींग गर्न अनि थुप्रै कुराहरु गर्न सहज हुनेछ । ल आजका लागि द भ्वाइसको खबर यति नै, हेर्दै गरौं द भ्वाइस अफ नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्