विराटनगरको कञ्चनवारी देखि एयरपोर्ट गेटसम्म नमुना सडक बन्दै, पिचकाे काम अन्तिम तयारीमा

<span class='c1'>विराटनगरको कञ्चनवारी देखि एयरपोर्ट गेटसम्म नमुना</span> <span class='c2'>सडक बन्दै, पिचकाे काम अन्तिम तयारीमा</span>

 

विराटनगर, २ मंसिर ।
विराटनगरको कन्चनवारी एयरपोर्टमोड देखि विमानस्थलको मुख्य गेटसम्मको सडक निर्माणका काम तिब्र पारिएको छ । विराटनगर महानगरपालिकाको विमानस्थल मार्ग स्तरोन्नती परियोजना अन्तरगत दोहोरो नाली निर्माण, टाली बिछ्याउने र पिच निर्माणको कामले तिब्रता पाएको हो । आज भन्दा करिब एक बर्ष अगाडी नै निर्माण शुरु गरिएको नाली र टाली बिछ्याउने काम सकिएको लामो समय पछि पिच निर्माणको कामले तिब्रता पाएको हो । विराटनगर महानगरपालिकाको ३ करोड २९लाख ८० हजार ४ सय ४१ रुपैयाँ लागत रकम छुट्याईएकोमा २ करोड ५९ लाख ७१ हजार १ सय ३५ रुपैयाँको लागतमा काम सक्ने सम्झौता भएको हो । २०७३ चैत ३ गते भएको ठेक्का सम्झौता अनुसार २०७५ जेठ मसान्तसम्ममा सकिसक्नु पर्नेमा बल्ल पिच निर्माणको काम अघि बढेको हो । विराटनगर १३को गिताञ्जली/जोशीला जे.भी.ले ठेक्कामा लिएको लामो समय पछि निर्माणको काम अन्तिम चरणमा पुर्याएको हो । एक बर्षसम्म आलटालमा नै विताएको निर्माण कम्पनीले अबको एक महिना भित्रैमा निर्माण पुरा गरी निर्माणको जिम्मा विराटनगर महानगरपालिकालाई बुझाउने तयारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्