यसरी प्रहरी फन्दामा परे, विराटनगरमा दिनदहाडै महिला लुट्ने लुटेरा (भिडियो सहित)

<span class='c1'>यसरी प्रहरी फन्दामा परे, विराटनगरमा दिनदहाडै</span> <span class='c2'>महिला लुट्ने लुटेरा (भिडियो सहित)</span>

 

प्रेम देवान ।
विराटनगर, २ मंसिर । विराटनगरको व्यस्त बजारमा गुण्डा शैलीमा लुटपाट हुन थालेपछि यो बिषय प्हरीको टाउको दुखाईको बन्यो । विराटनगरमा पछिल्लो समय बैकिङ्ग तथा सहकारीमा काम गर्ने महिलाहरु माथी मोटरसाईकल कुदाउँदै चोरी गर्ने गिरोहको सक्रियता बढेको हो । केही दिन भित्रै केही ब्यक्ति लुटिन थालेपछि प्रहरीले पछिल्लो समय यसमा सक्रियता बढाएको छ । सहकारी संस्थाहरुमा पैसा संकलन गर्ने महिलाहरुको व्याग तथा मोवाईल चोरी गर्ने गिरोहबाट विराटनगरका अधिकांश महिलाहरु पिडामा थिए ।
त्यस्तै पिडीत मध्ये कटहरी २ की निरज श्रेष्ठकी श्रीमती पनि एक हुन । उनको श्रीमतीलाई हाटखोलाबाट नोवेल अस्पतालतर्फ जाँदै गर्दा कालो पल्सर मोटर साईकलमा आएका दुईजना अपरिचित व्याक्तीहरुले लुटेर फरार भएका थिए । गत कातिक १४ गते ती व्यक्तिहरुले सामसुङ मोवाईल खोसेर लगेको हुन् ।
उक्त घटना घटेको २ दिन बित्न नपाउँदै कातिक १६ गते साँझको समयमा आरके चिल्ड्रेन अस्पताल अगाडीबाट त्यस्तै प्रकृतिको घटना घट्यो । विराटनगर ८ बस्ने हिना राजवंशीको नगद १८ हजार सहित सामसुङको मोवाईल, घडी मोटरसाईकलमा आएका ब्यक्तिहरुले थुुतेर लगे । उनले तुरुन्त जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएपछि प्रहरीलाई थप तनाव हुन थाल्यो । घटना कसरी घट्दैछ प्रहरीको टाउको दुखाई बन्यो । हरेक दिन एक पछि अर्को घटना हुन थालेपछि मोरङ प्रहरीले थप सादा पोसाकमा प्रहरी परिचालन गरि सुरक्षा ब्यवस्था कडा पार्यो ।
तर पुनः त्यस्तै प्रकृतिको घटना काीत्तक २५ गते विराटनगर ७ हाटखोलामा घट्यो । विराटनगर ७ बस्ने राधा बस्नेतले आफ्नो किराना पसल बन्द गरेर घर फर्कदै गर्दा मोटरसाईकलमा आएका २ व्यक्तिले राधाको नगद सहितको व्याग खोसेर भागे । लगातार यसरी एउटै किसिमको घटना घटना घट्न थालेपछि प्रहरीलाई झनै तनाव हुन थाल्यो ।
एउटै प्रकृतिका घटना एक पछि अर्को गर्दै घट्न थालेपछि मोरङ प्रहरीले घटना पश्चात तत्काल घटनास्थलमा पुगी पिडितको समन्वयमा खोजतलास कार्यलाई गोप्य रुपमा अनुसन्धान गर्न थाल्यो । जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा समेत प्रहरी परिचालन गरी घटनामा संलग्नलाई उम्कन नदिन ब्यापक प्रहरी परिचालन गरेको जिल्ला प्हरी कार्यालय मोरङले जनाएको छ ।
घटनाको संवेदनशिलतालाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट महिला प्रहरीहरूलाई सादा पोशाकमा खटाई एम्बुसिङ ड्युटी परिचालन गर्न थालेपछि ती गिरोहका नाईकेलाई प्रहरीले पक्राउ गर्न सफल भयो । लामो समयको निरन्तर प्रयास पश्चात महानगर भित्र लुटपाटमा संलग्नलाई प्रहरीले मंसिर १ गते पक्राउ गर्न सफल भयो ।
पक्राउ परेका सप्तरी शम्भुनाथ न.पा. १२ घर भई बिराटनगर १२, शान्तिचोक डेरा गरी बस्ने बर्ष २३ को शिवराम चौधरी र बिराटनगर ८ बस्ने बर्ष २५ को समीर कामतलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका ब्यक्तिहरु नेपाल बाहिर साउदीमा पनि अपराध गरेको पाईएको अनुसन्धानले देखाएको मोरङ प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले जानकारी दिए ।
उनीहरुको बारेमा अरु थप अनुसन्धान भईरहेको केसीले बताए । पक्राउ परेका व्यक्तिहरुबाट ३ थान मोवाईल, विभिन्न कम्पनीका सीम कार्ड ७ थान, लेडिज घडी थान १, लेडिज चस्मा थान १ लगायतका सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको लु ३९ प ४३९७ नं को कालो महिन्द्रा समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका ब्यक्तिलार्ई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप भई थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

https://www.facebook.com/ourbrt/videos/123907585153085/?eid=ARBCP82bt2_0vVJ0qk77aTIlXw7SE28H_8oRtC4adGyJGDXjZ2aow6hVLny1B1CabA2QetfQP6K03_42

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्