कोइराला परिवारका तीनै जना नेता विराटनगरमा देखिए एउटै मालामा, तीन नेताकाे एक भएकाे प्रण

<span class='c1'>कोइराला परिवारका तीनै जना नेता विराटनगरमा देखिए</span> <span class='c2'>एउटै मालामा, तीन नेताकाे एक भएकाे प्रण</span>

विराटनगर, २ मङ्सिर ।  कोइराला परिवारका तीन नेताले एक भएर अघि बढ्ने प्रण गरेका छन्। आइतबार जिपी फाउण्डेशन प्रदेश १ कार्यालयको उद्घाटन कार्यक्रममा  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला र सुजाता कोइरालाले पारिवारिक एकतासँगै पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। विराटनगर स्थित ऐतिहासिक कोइराला निवास परिसरमा रहेको जिपी फाउण्डेशनको प्राङ्गणमा आयोजित कार्यक्रममा पुर्खाको विरासत सम्हाल्न आफूहरू एक जुट भएर अघि बढ्ने उनीहरुले बताए। एकता, राजनीतिक निकास र पार्टीका हितका लागि आफूहरू व्यक्तिगत स्वार्थ त्याग गर्न पनि तयार रहेको महामन्त्री डा शशांक कोइरालाले बताए। कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले पार्टी सभापति जोसुकै भए पनि राष्ट्र, जनता र पार्टीको हितका लागि आफूहरू त्याग गर्न तयार रहेको स्पष्ट पारे।

कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले 'कोइराला परिवारका तीन नेता तीनतिर' भन्ने भ्रमबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरे। कोइरालाले आफूहरू कहिलै पनि विभाजित नभएको दाबी पनि गरे। एेतिहासिक भूमिमा तीनै जनाले एउटै माला लगाएपछि अब सबै भ्रमहरू अन्त्य भएको उनीहरुले बताए। कोइरालाले भने "हामीहरू पहिले पनि एक थियौं, अहिले पनि एक छौं र भविश्यमा पनि एक रहनेछौं।"

सुजाता कोइराला अध्यक्ष रहेको  जिपी फाउण्डेशनले तीनै जना कोइराला परिवारका नेताहरूलाई एउटै माला लगाइदिएको थियो। कोइराला परिवारका तीन नेता धेरै वर्षपछि एउटै मञ्चमा सहभागि भएका थिए। पुर्खाको सपना साकार पार्न कोइराला परिवारका तीनै जना नेता एक भएर अघि बढ्ने पनि डा कोइरालाले स्पष्ट पारे। नेपाली कांग्रेसको आगामि नेतृत्वका लागि कोइराला परिवारबाट माहामन्त्री डा शशांक कोइराला र डा शेखर कोइरालाले दाबी गर्दै आएका छन्। कोइराला परिवारबाट एक जनामात्रै महाधिवेशनमा उठाएर कांग्रेसको नेतृत्वमा पुनः आउन दुवैलाई मिलाउन कांग्रेस नेतृ सुजाता कोइरालाले प्रयत्न गरिरहेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्