पाल्पा जिल्लाको सिरूखर्कमा बोलेरो जीप दुर्घटना, एकजनाको मृत्यु

पाल्पा जिल्लाको सिरूखर्कमा बोलेरो जीप दुर्घटना, एकजनाको मृत्यु

पाल्पा, ३ मङ्सिर ।  पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका–३ सिरूखर्कमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।  मृत्यु हुनेमा बागलुङको बरेङ गाउँपालिका(३ का एक वर्षीय अङ्कित दर्जी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक अमृत भण्डारीले बताए। उनका अनुसार सातजना घाइते भएका छन्। घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको उनले बताए। गम्भीर घाइते हुनेमा बागलुङको बरेङ गाउँपालिका– ३ का ५० वर्षीय यमबहादुर नेपाली, ६२ वर्षीय तुलबहादुर परियार र ५० वर्षीया सरस्वती दर्जी रहेको र उनीहरु सबैको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  बागलुङबाट बुटवलतर्फ जादै गरेको लु१च ५०३५ नम्बरको बोलेर जीप सोमबार बिहान ५ बजेतिर दुर्घटनामा परेको हो। जीप सडकभन्दा करिब एकसय मिटर तल खसेको थियो। के कारणले दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्