बिराटनगरले क्रिकेटमा भारतको फारबिगंजलाइ ३ विकेटले हरायो

बिराटनगरले क्रिकेटमा भारतको फारबिगंजलाइ ३ विकेटले हरायो

बिराटनगर मङ्सिर ३,

भारतको बिहार राज्यस्थित फारबिगंजमा  भएको क्रिकेट प्रतियोगितामा बिराटनगर (नेपाल) को क्रिकेट टिमले फारबिगंजलाइ ३ विकेटले हराएको छ । टस जितेर बलिंङ रोजेको  बिराटनगरले  निर्धारित ३० ओवरमा फारबिगंजलाइ १७८ रन मात्रै बनाउन दिएको थियो । उक्त रन बनाउने क्रममा फारबिगंजले ८ विकेट गुमाएको थियो । बिराटनगरका लागि प्रशान्त शाहले २ विकेट लिएका थिए । फारबिगंजको तर्फबाट अभिषेक रोयले ४४ रन बनाएका थिए ।

बिराटनगरले उक्त टार्गेट २७.२ ओभरमा ७ विकेट बनाएर बनाउन सफल भएको थियो । बिराटनगरका लागि कप्तान सिधान्त लोहनीले सर्वाधिक ६४ रन बनाएका थिए । बिराटनगरको कोच संजय लामा रहेका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्