आज अन्तर्राष्ट्रिय पुरुष दिवस , नेपालमा पहिलोपटक मनाइयो

आज अन्तर्राष्ट्रिय पुरुष दिवस , नेपालमा पहिलोपटक मनाइयो

काठमाडौं । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा नेपालमा पहिलोपटक सोमबार अन्तर्राष्ट्रिय पुरुष दिवस २०१८ मनाइएको छ ।

सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्, पुरुषहरुलाई असल र आदर्शपुरुष बन्नका लागि उत्प्रेरणा दिन आवश्यक भएको र बालक तथा किशोरमाथि भइरहेको यौन दुव्र्यवहारका समस्या समाजमा लुकेर रहेकाले त्यसलाई उजागर गर्नु पर्ने उद्देश्यका साथ पुरुष दिवस मनाइएको कार्यक्रममा संयोजक सन्जोग ठकुरीले बताए ।

पुरुष दिवस महिलाको अधिकारलाई संकुचित पार्नका लागि नभइ महिलाको अधिकार हनन् नगर्न पुरुषहरुलाई प्रोत्साहित गर्न र बालक तथा किशोरहरुमाथि भइरहेको यौन दुर्व्यवहारको विषयमा थप जागरुकता ल्याउनका निम्ति आयोजना गरिएको संयोजक ठकुरीले बताए । एकदिन नारी दिवस र बाँकी ३६४ दिन पुरुष दिवस भन्नु गलत हुन्छ । नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस हुन् तर कुनै एक दिन उनीहरुलाई लागि छुट्याउनु भनेको राज्यले उनीहरुको सहभागिता र आवश्यकतालाई सम्बोधन गरेको भनी हामीले बुझ्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वप्रधानन्यायाधिस कल्याण श्रेष्ठले बताए । नेपालको कानुनले महिलालाई जबरजस्ती करणी गरे जस्तो सजाय हुन्छ पुरुषमाथि भएपनि उस्तै दण्डको व्यवस्था गरेको बताउँदै उनले पित्तृसत्ताका कारण बालक र किशोरमाथि हुने धेरै दुर्व्यवहार र हिंसाका घटना बाहिर नआइरहेको बताए ।

नेपालमा बालकमाथि हुने हिंसा र दुर्व्यवहारको कुनै निश्चित तथ्यांक नभएपनि यस्तो अवस्थाभने डरलाग्दो रहेको बताइएको छ ।  कार्यक्रममा  नेपाल टलिभिजन विकास बोर्डका सदस्य टंक पन्तले एक झण्डै एक चौथाई पुरुषहरु हिंसा र दुर्व्यवहारको शिकार हुने गरेको तथ्यांक प्रस्तुत गरेका थिए ।

सन् १९६० को दशकबाट सुरु भएको पुरुष दिवसको आवश्यकताको बहस सन् १९९३–१९९४ मा मिसौरी–कन्सास विश्वविद्यालय अन्तर्गतको मिसौरी पुरुष अध्ययन केन्द्रका निर्देशक थोमस ओस्टरको नेतृत्वमा फ्रेब्रुअरी २३ मा पुरुष दिवस भव्यताका साथ मनाउन सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्