पाँचथरकी भगवतीदेवी भण्डारीले प्राप्त गरिन् पहिलाे राष्ट्रिय परिचयपत्र

पाँचथरकी भगवतीदेवी भण्डारीले  प्राप्त गरिन् पहिलाे राष्ट्रिय परिचयपत्र

पाँचथर, ३ मङ्सिर। पाँचथरको फिदिम नगरपालिका वडा नं. ४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीले राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी छन्।सोमबार पाँचथरमा आयोजित समारोहमा गृहमन्त्री रामबहादुर थापाले उनलाई राष्ट्रिय परिचयपत्र वितरण गरेका हुन्।नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी भएको हो।सोमबारदेखि पाँचथरमा निरन्तर राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढ्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग जनाएको छ।पाँचथर जिल्लामा गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको कार्य भइरहेको छ। हालसम्म पाँचथरका ५२ हजार नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।सरकारले आगामी तीन वर्षभित्र नेपालका सबै जिल्लाबाट राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिरहेको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्