मोरङको दक्षिणी क्षेत्रमा गोवरको गुईठा विपन्न परिवारको दाउराको श्रोत, गुईँठा बनाउने तरिका सहित

मोरङको दक्षिणी क्षेत्रमा गोवरको गुईठा विपन्न परिवारको दाउराको श्रोत, गुईँठा बनाउने तरिका सहित

रबिन्द्र बराल/अाेवी ।
रंगेली, ४ मंसिर ।
मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर ५ की चम्पा ऋषिदेव रंगेली आमबारी सडकखण्डमा गोबरबाट गुईठा बनाउन ब्यस्त थिईन् । बिहानै उठेर घरको काम सकाएकी उनले बिहानको खाना खाएपछि हातमा गोबर उठाउन डाली बोक्छिन् अनी गोबर खोज्न निस्किन्छिन् । उनीमात्र हैन गाउँका ऋषिदेव समुदायका अधिकांशको दैनिकी यसै गरी संकलन गरेरको गोबरको गुईँठा बनाउँदैमा बित्छ ।
मोरङको दक्षिण भेगमा बसोवास गर्ने ऋिषिदेव, यादव, मण्डल, साह, राजवंशी लागायतका वृृृद्ध तथा महिलाहरु गाई, गोेरु, भैैंसीको गोवरबाट गुईठा बनाउन ब्यस्त देखिन्छन् । विशेषगरी दक्षिणी क्षेत्रमा बसोवार गर्ने सर्बसाधारणको उर्जाको श्रोत भनेको गुईँठा नै हो ।
उनिहरुले घरमा पालेको गाई, गोरुको गोवरबाट निकै फाईदा लिईरहेका छन । कात्तिक महिना देखि बैशाख महिनासम्म गाईको गोवरबाट बर्षभरीको लागि दाउरा बनाउने गरेको उनीहरुले सुनाए ।
गोेवरबाट बनाईएको गुर्इँठा खाना पकाउन दाउराको रुपमा प्रयोग गर्दैै आएका छन् । सुनवर्सी नगरपाालिका, रंगेली नगरपालिका, रतुवामाई नगरपालिका तथा धनपालथान, कटहरी र जहदा गाउँपालिकाकामा बसोवास गर्ने अति बिपन्न र गरिव घरपरिवारका अधिकांश महिलाहरु घाम लाग्ने बित्तिकै गुईँठा बनाउन ब्यस्त हुने गरेको चम्पा ऋषिदेवले बताईन् ।
घरमा गाई भैसी हुनेहरुले आफ्नै घरको गोबरबाट गुईँठा बनाएपनि नहुनेहरु त अझ बिहानै उठेर अरुको खेतबारी, नहर, पैनी, खाली जग्गामा खोबर खोज्न निस्किने गर्दछन्, उनले भनिन् ।
यसरी बन्छ गुईँठा
पहिला गाई भैँसीको गोबर खोजिन्छ । त्यसपछि गोवरलाई पानीमा भिजाएर गिलो पार्ने र गोवरलाई पराल वा भुसमा मिसाएर सनपाटबाट निस्केको सण्ठीमा गोवरलाई लगाएर घाममा सुकाईन्छ । यसरी गोबर लगाईएको सण्ठीलाई गुईँठा भनिन्छ । यो गुईठा १५ दिन घाममा निरन्तर सुकाईन्छ । सुकेपछि तयार भएको गुईँठा नै खाना पकाउने काममा प्रयोग गरिन्छ ।
यसरी ६ महिनाको अबधिमा बनाइएको गुईठा पानीबाट सुरक्षित राखेर बर्ष दिनसम्म खाना पकाउन दाउराको रुपमा प्रयोग हुने गर्दछ । स्थानीय मिना ऋषिदेवले भनिन्, ‘घरको कमजोर आर्थिक अबस्थाको कारण वजारमा पाईने ग्यास चुलो तथा बिजुलीबाट खाना पकाउने प्रबिधि किन्न गाह्रो भएकोले गुईँठा प्रयोग गरेका हौँ । ’
गुईठाको आगोवाट खाना पकाउँदा स्वादिलो र मिठो हुने तथा जाडोयाममा चुलोमा आगो धेरै बेरसम्म रहिरहने र आगो ताप्न पनि पाईने उनले सुनाईन् ।
नेपाल सरकारले जतिसुकै सौर्य उर्जा, ग्यास चुलो, घरघरमा ग्यासबाट पाईप भन्दै जनतालाई आश्वासन दिएपनि यस्ता विपन्न परिवार अझै पनि गुईँठाको भरमा छ । यी परिवारले गाई,गोरु भैसीको खोतवारीमा हाल्ने गोबरलाई गु्ईँठाको रुपमा प्रयोग गरेर छाक टार्ने माध्याम गुईँठालाई बनाएका छन् । बिजुलीबाट खाना पकाउने प्रविधि आएता पनि ग्रामीण क्षेत्रमा यो प्रबिधि अझै पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्