-इशु पन्त
हो म त्यही नारी हो
भीड र एकान्त सँगै तर्सिन्छू
माइती नेपालको सहरा लिन गए
फेरि अधा बाटो बाटै फर्किन्छु
बलत्कृत आफू भई
अरूको लाज घाममा सुकाएर
अन्याय मै बाचिदिन्छु
डुङ्गाको माटो पनि पचाईदिन्छु
हो म त्यही नारी हो
नयाँ सृष्टिकर्ता भए नी
घर र पाठेघरको जिम्मा अरुलाई दिन्छु
आफ्नो अधिकारलाई खकार झै
सम्झी नील भन्दा घुटुक्क नीली पनि दिन्छु
हो म त्यही नारी हो
हुर्किएको घरलाई माइती भनी
वर्षमा एक चोटि फर्किन्छु
गोत्र थर फेरेर अर्कैको भइदिन्छू
हो म त्यही नारी हो
जसलाई लक्ष्मी पूजामा पुजिएर डोगिन्छु
पाररहेको बेला गोठाला झै
चर्को स्वरले घोठतिर ठेलीन्छु
हो म त्यही नै नारी हो
छोरा नजन्माएको निहुँमा त गरी
दाइजो नल्याएको निहुँमा
भित्र बाहिर पोलिन्छु
हो म त्यही नारी हो
जोर घटाउमा सधैं पछाडि पर्छु
सत्ता र पत्ता छुटाउन जान्दिन भन्छन्
अब त म पनि नि अघि सर्छु
हो म त्यही नारी हो
सोझिमा सियो झै सोझो हुन्छु
चितामा लम्पसार परी आगो मै
खरानी हुन्छु
भाग्न खोज्दा ढुङ्गामा लडेर
फेरि विक्षिप्त हुन्छु
अब त आगोलाई पनि खरानी नै पारिदिन्छु
हो म त्यही नारी हो
अघोको झिल्कोसंग खेलेर हुर्कन्छू
सकेसम्म पिठोमा पनि हालिन् झेल
सहेर बसिदिन्छु
सीमा नगेसी डडेर कालो भईदिन्छु
घर चलाउनेलाई देश चलाउन गार्हो हुँदैन
ताल परे एक्लै सिँगो देश नि हकिदिन्छु