अष्ट्रेलियाका भिसा काठमाडौंबाटै दिन विदेशमन्त्रीसँग माग

अष्ट्रेलियाका भिसा काठमाडौंबाटै दिन विदेशमन्त्रीसँग माग

काठमाडौं । अष्ट्रेलियामा रहेका नेपालीले सोमबार  त्यहाँका विदेशमन्त्री मेरिस पेनलाई भेटेर नेपालीलाई भिसा प्रोसेसिङ्गको काम काठमाडौंबाट नै गर्न आग्रह गरेका छन् । विदेशमन्त्री पेनले आफूले अष्ट्रेलियामा रहेका नेपाली र भारतीय मूलका नेताहरुलाई भेटेको कुरा उनको सामाजिक सञ्जालमा नै राखेकी छन् ।

भेटका अवसरमा नेपाली समुदायले अष्ट्रेलियन हाइकमिसनले नयाँ दिल्लीबाट गर्दै आएको भिसा प्रोसेसिङ्गको कार्य काठमाडौंबाट गर्न माग राखेकोमा विदेशमन्त्रीले आफूहरु सो मागमा सकारात्मक रहेको र अन्य निकायसँग समेत छलफल गरेर जानकारी गराउने बताएकी थिइन् ।

सो अवसरमा नेपाली समुदायले अष्ट्रेलियामा बढ्दो नेपाली समुदायको माग र आवश्यकतालाई पूरा गर्न सामुदायिक विकासका लागि संघीय सरकार, राज्य सरकार र स्थानीय काउन्सिलको संयोजनमा सामुदायिक विकास सम्बन्धी सरकारी अनुदान तथा कार्यक्रमका लागि अनुरोध गरेको बताइएको छ ।

सो अवसरमा मन्त्रीले उपलब्ध ग्रान्टको बारेमा नेपाली समुदायका सदस्यहरुलाई नियमित जानकारी गराउने बताएका थिए । त्यस्तै, नेपाली समुदायको साझा घरको रुपमा सामुदायिक भवन तथा साँस्कृतिक केन्द्र स्थापना गर्न सरकारी जग्गा सहुलियत मूल्यमा उपलब्ध गराउन समेत अनुरोध गरेका थिए । नेपाली समुदायले सोमबार नै अष्ट्रेलियाको संघी आप्रवास तथा बहुसाँस्कृतिक मन्त्री डेभिड कोलम्यानलाई समेत भेटेर कुराकानी गरेको जनाइएको छ । (बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्