पप्पु कन्स्ट्रक्सनलाई तत्काल नयाँ ठेक्का नदिन निर्देशन

पप्पु कन्स्ट्रक्सनलाई तत्काल नयाँ ठेक्का नदिन निर्देशन

काठमाडौं मङ्सिर ४ । पप्पु कन्स्ट्रक्सनलाई तत्काल नयाँ ठेक्का नदिन सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्देशन दिएको छ । कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै पप्पुलाई तत्काल कुनै पनि नयाँ ठेक्का नदिन सम्वद्ध निकायहरुलाई निर्देशन दिएको हो ।

सिक्टा सिँचाई आयोजनाको काममा लापरवाही गरेपछि आयोजनाले कोस्टल पप्पु जेभीलाई कालोसूचिमा राख्न कात्तिक २६ गते पत्र लेखेको थियो ।

 

सोही पत्र र प्राप्त प्रमाणहरुका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कात्तिक ३० गतेको निर्णय अनुसार नयाँ ठेक्का नदिन निर्देशन दिएको हो । अब पप्पु कन्स्ट्रक्सनले नेपाल राष्ट्र बैंकको भवन निर्माण गर्ने ठेक्का पनि पाउने छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्