बङ्गलादेशका राजदूतद्वारा प्रदेश–१ का प्रदेश प्रमुखसंग शिष्टाचार भेट

बङ्गलादेशका राजदूतद्वारा प्रदेश–१ का प्रदेश प्रमुखसंग शिष्टाचार भेट

पथरी । नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते साम्सले प्रदेश–१ का प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्वाहाङसँग शिष्टाचार भेट गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा भएको भेटमा प्रदेश प्रमुख तुम्वाहाङले सङ्क्रमणकालको अन्त्य भई मुलुक सङ्घीयतामा प्रवेश गरिसकेकाले प्रदेशको समग्र विकासका लागि बङ्गलादेशसँग हातेमालो गरी प्रदेश सरकार अघि बढ्ने बताए ।

सो अवसरमा राजदूत साम्सले प्रदेश न १ प्राकृतिक रूपमा अब्वल रहेकाले यहाँको पर्यटन, ऊर्जाको प्रवद्र्धनका लागि बङ्गलादेशको सहयोग रहने बताए ।

बङ्गलादेश र काठमाडौंलाई जोड्न सकिने यो प्रदेशलाई पुलका रूपमा विकास गर्न सक्ने धारणा राखे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्