प्रदेश नम्बर २ मा बुधबार सार्वजनिक बिदाको घोषणा

प्रदेश नम्बर २ मा बुधबार सार्वजनिक बिदाको घोषणा

धनुषा मङ्सिर ४ । सरकारले प्रदेश २ मा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । मंसिर ५ गते मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

सरकारको २०७४ साल चैत २४ गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार प्रदेश २ मा बुधबार बिदा दिइएको कानुन मन्त्रालयले जनाएको छ ।

बुधबार प्रदेश २ का आठवटै जिल्लाका सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिइएको मन्त्रालयका शाखा अधिकृत बसन्त न्यौपानले जारी गरेको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्