प्रदेश नम्बर २ मा बुधबार सार्वजनिक बिदाको घोषणा

<span class='c1'>प्रदेश नम्बर २ मा</span> <span class='c2'>बुधबार सार्वजनिक बिदाको घोषणा</span>

धनुषा मङ्सिर ४ । सरकारले प्रदेश २ मा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । मंसिर ५ गते मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

सरकारको २०७४ साल चैत २४ गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार प्रदेश २ मा बुधबार बिदा दिइएको कानुन मन्त्रालयले जनाएको छ ।

बुधबार प्रदेश २ का आठवटै जिल्लाका सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिइएको मन्त्रालयका शाखा अधिकृत बसन्त न्यौपानले जारी गरेको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्