काठमाडौँ, ४ मङ्सिर । सिप्रदी ट्रेडिङले टाटा मोर्टसको नयाँ गाडी नेक्सन क्राजको विक्री नेपाली बजारमा सुरु गरेको छ ।
नेपाली बजारमा नेक्सनको कम्पाक्ट सुभ सबैभन्दा बढि विक्री हुँदैै आएको छ । पछिल्लो समय विश्व बजारमा नेक्सन क्राज सर्वाधिक रुचाइएकाले नेपाली बजारमा पनि विक्री गर्न लागिएको सिप्रदीले जनाएको छ । यो गाडी शहरको व्यस्त सडक देखि पहाडि राजमार्गमा समेत सरल र रोमान्चक ढङ्गले चलाउन सकिने कम्पनीको दाबी छ ।
यो गाडीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ्ग, सेन्सर जस्ता उच्च स्तरको प्राविधिक विशेषता रहेको छ
।