मोरङमा प्रतिनिधि सभाका ६ निर्वाचन क्षेत्रमा सांसदले ९८ योजनामा यसरी रकम बाँडे

मोरङमा प्रतिनिधि सभाका ६ निर्वाचन क्षेत्रमा सांसदले ९८ योजनामा यसरी रकम बाँडे

विराटनगर, ५ मंसिर ।
मोरङ जिल्लामा पुर्वाधार विकास साझेदारी कार्यक्रममा २४ करोड बजेट खर्च हुँदै छ । स्थानीय तह मार्फत खर्च हुने योजनाहरुको नीतिगत ब्यवस्था अनुसार प्रत्यक निर्वाचन क्षेत्रमा ४ करोडको दरले बजेट आएको छ। प्राप्त बजेटबाट जिल्ला समन्वय समितिले ०.३ प्रतिशत प्रशासनिक खर्च छुट्याएर बाँकी बजेटबाट ९८ वटा योजना निर्माण गर्ने तयारी छ । यसरी बनाईएका योजनामा ४३ वटा सडक निर्माणसँग सम्बन्धित रहेको छ । त्यस्तै खानेपानी, पक्कीपुल, कल्भर्ट, सकुम्वासीको लागि आवास, सामुदायिक भवन निर्माणमा पनि लगानी गर्नेगरी योजना बनाईएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तरगतको ६ वटा निर्वाचन क्षेत्रमा ९८ वटा योजनाका लागि २४ करोड बजेट अर्थ मन्त्रालयले निकासा गरेको जिल्ला समन्वय समिति मोरङले जनाएको छ । अधिकांश निर्वाचन क्षेत्रमा सडक प्राथमिकतामा परेको छ भने नदी नियान्त्रण, सिँचाई, विद्यालय र दलित आवास निर्माण तथा खेल पुर्बाधार लगायतका योजना पनि छनौटमा परेका छन् ।
स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत निर्वाचन क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले ४ वटा स्थानीय तहमा १-१ करोडको दरले रकम छुट्याईएका छन् । जसमा १५ वटा योजनामा ८ योजना सडकसँग सम्बन्धित छ । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ डा मिनेन्द्र रिजालले जितेको क्षेत्र हो । मोरङमा कांग्रेसले जितेको एक मात्र निर्वाचन क्षेत्र यही हो । यो क्षेत्रमा पनि १० योजना मध्ये ८ योजना सडकको लागि छुट्याईएको छ । मोरङ क्षेत्र नम्बर ३ मा बढी टुक्रे योजना छनौट गरिएको छ । यो निर्वाचन क्षेत्रमा कानुन मन्त्री भानुभक्त ढकालले जितेका हुन । यहाँ २० वटा योजना मध्य ७ वटा सडकसँग सम्बन्धित छ । निर्वाचन क्षेत्र नम्बर ४ मा सांसद अमनलाल मोदीले जितेको क्षेत्र हो । यस निर्वाचन क्षेत्रमा १९ वटा योजना छुट्याईएकोमा सुकुम्वासी आवास निर्माण, सडक र जेष्ठनागरिक सामुदायिक भवन निर्माणमा बजेट छुट्याईएको छ ।
निर्वाचन क्षेत्र नम्बर ५ मा शिवकुमार मण्डलले कांग्रेसका अमृत अर्याललाई हराएर जितेको क्षेत्र हो । यहाँ कांग्रेसले बर्षौदेखि जित्दै आएको ठाउँ हो । सांसद मण्डलले १६ वटा योजना छनौट गरेका छन् । निर्वाचन क्षेत्रमा पर्ने रंगेलीमा ४, जहदामा १० र विराटनगर महानगरपालिकामा ३ योजना परेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ६ जहाँ कांग्रेसका नेता डा शेखर कोईरालालाई हराएर लालबाबु पण्डितले जितेको क्षेत्र हो ।

यो क्षेत्रमा १८ वटा योजना छनौट भएका छन् । बुढीगंगा गाउँपालिकामा ४, सुन्दर हरैचा न.पा.मा ६ र विराटनगर महानगरपालिकामा ८ योजना छनौट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्