सुनसरीको दुहबी नगरपालिका ९ का वडा अध्यक्षको भाईको गोलीहानी हत्या

सुनसरीको दुहबी नगरपालिका ९ का वडा अध्यक्षको भाईको गोलीहानी हत्या

विराटनगर, ५ मङ्सिर ।
सुनसरीको दुहबीमा गोलीहानी एकजनाको हत्या भएको छ । दुहवी नगरपालिका ९ सोनापुरका वडा अध्यक्ष मेहदी हुसेनका भाई फिदा हुसेनको गोली हानी हत्या भएको हो । सोनापुरको ईटाभट्टा नजिकै नहरबाट जाँदै गरेका उनलाई नचिनेका मोटरसाईकलमा आएका ३ जनाको समुहले गोली हानेर भागेको स्थानीय बिनय पोखरेलले जानकारी दिए । छातीमा गोली लागेर ढलेका उनको उपचारको लागि लैजाँदै गर्दा दुहबी नपुर्याउँदै ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्