आज बिहानै दुहबीमा एकजनाको हत्यापछि दुहबी तनावग्रस्त, यस्तो थियो घटना

<span class='c1'>आज बिहानै दुहबीमा एकजनाको हत्यापछि</span> <span class='c2'>दुहबी तनावग्रस्त, यस्तो थियो घटना</span>

बिराटनगर मङ्सिर ५ , सुनसरीको दुहबीमा आज बिहान गोलि हानि एक जनाको हत्या गरिएको छ। ‘मर्निङ वाक’ मा निस्किएका दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनलाई ‘मर्निङ वाक’को समयमा एक समूहले गोली प्रहार गरेको हो । ‘‘होन्डा साइन मोटरसाइकलमा आएको समूहले गोली हानेको खुलेको छ । गोली प्रहारबाट घाइते भएका हुसेनको उपचारका क्रममा मृत्यु भएको हो,’’ प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने ।

गोली प्रहार गर्नुको कारण खुल्न नसकेको र हत्याराको खोजी कार्य भइरहेको एसएसपी सुवेदीले बताए । हुसेनको हत्यापछि दुहबीका स्थानीयले दोषीमाथी कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । अहिले दुहबी बजारमा यातायात तथा पसल सबै बन्द गरिएका छन् ।

सुनसरीमै यसअघि भारतीय सुटरको समूहले हरिनगर–२ मा एक विद्यालयका अध्यक्ष खुर्सिद आलमको गोली हानी हत्या भएको थियो । आलमका हत्याराको अझै पहिचान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्