दुहबी गोली काण्ड : श्रीमतीसँग मर्निङवाकका लागि संगै निस्किएका थिए हुसेन

दुहबी गोली काण्ड : श्रीमतीसँग मर्निङवाकका लागि संगै निस्किएका थिए हुसेन

बिराटनगर मङ्सिर ५ , सुनसरीको दुहबीमा अज्ञात समूहको गोली लागेर स्थानिय बाबा इँटा उद्योगका सुपरभइजरको मृत्यु भएको छ । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा फिदा हुसेनमाथि गोली प्रहार भएको थियो । घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको छ । मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं ३ का सभापति मेहदी हुसेनका भाइ हुन् ।

अहिले हुसेनका समर्थकले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।  हुसेनलाई उपचारको लागि नोबेल अस्पताल, विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्