बिराटनगरबाटै उड्ने भयो माउन्टेन फ्लाइट , यस्तो हुनेछ माउन्टेन फ्लाइट !

बिराटनगरबाटै उड्ने भयो माउन्टेन फ्लाइट , यस्तो हुनेछ माउन्टेन फ्लाइट !

बिराटनगर मङ्सिर ५ ,

प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाटै माउन्टेन फ्लाइट हुने भएको छ ।  ‘विराट होलिडेज’ नामको व्यावसायिक प्रतिष्ठानले यही शनिबारदेखि विराटनगरबाट माउन्टेन फ्लाइट सुरु गर्ने भएको हो । आउदो शनिबार विहान पहिलो माउन्टेन फ्लाइट गर्ने टुंगो भएको छ । धेरै बर्ष पहिलेदेखिको प्रयत्न सफल भएर उक्त योजना आउन लागेको विराटनगरका होटल तथा पर्यटन व्यवसायी भवीश श्रेष्ठले जानकरी दिए । माउण्टेन फ्लाइटसँगै धनकुटाको भेडेटार–हिले हुँदै बसन्तपुरसम्मको प्याकेज तयारी पनि भारतीय पर्यटकलाई लक्षित गरि थालिएको छ ।

विराटनगरमा २०७३ फागुन ११ देखि १७ गतेसम्म भएको विराट एक्स्पोको बेला एउटा माउण्टेन फ्लाइट गराइएको थियो ।हाललाई हप्ताको एक पटक माउन्टेन फ्लाइट उडाउन लागिएको छ  ।

यस्तो हुनेछ माउन्टेन फ्लाइट !

विराटनगर विमानस्थलबाट ५५ मिनटको हुने माउन्टेन फ्लाइटको भाडादर ९ हजार ९ सय रुपैयाँ राखिएको छ । उक्त ५५ मिनटको उडानमा झ्यालतिर १९ यात्रु राखिने र उनीहरूलाई ८ हजार मिटरभन्दा अग्ला कञ्चनजङ्घा, मकालु, सगरमाथा, ह्लोत्से र गौरीशङ्कर हिमालसम्म पुर्याएर विराटनगर विमानस्थलमै ल्याइपुर्याउने रुट तय गरिएको छ ।

पहिलो उडान सफल भएमा हरेक शनिबार एउटादेखि ३ वटासम्म उडान गर्ने तयारी भएको यति एयरलाइन्सका विराटनगर शाखा प्रमुख प्रेम कुँवरले बताए । शुक्रबार राती आएको यतिको जहाज विमानस्थलमा पार्किङ गरेर बिहानै माउन्टेन फ्लाइटमा जाने कुँवरले बताए ।

माउण्टेन फ्लाइटलाई निरन्तरता दिन सकिए प्रदेश १ को पर्यटन व्यवसाय फस्टाउँदै जाने बिश्वास गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्