दुहबी गोली काण्ड : हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा ७ जना समातिए

<span class='c1'>दुहबी गोली काण्ड : हुसेनको हत्यामा</span> <span class='c2'>संलग्न भएको आशङ्कामा ७ जना समातिए</span>

बिराटनगर मङ्सिर ५ , सुनसरीको दुहबीका फिदा हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा सुनसरी प्रहरीले ७ जना व्यक्तिलाई पक्राउ गरेको छ । उक्त घटनास्थल दुहबी–९ को जयबाबा इँटा उद्योग आसपासबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा सात जना  व्यक्ति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिए । अनुसन्धानको चरणमा रहेकाले पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको थियो । हुसेनका समर्थकले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै बन्द गराएका छन्  । सडक बन्द भएपछी सयौ यात्रु अलपत्र परेका छन् । दुहबीमा अहिले प्रहरीले उच्च सुरक्षा कायम गरेको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्